जय न्यौपाने
टाेखा लाइभ असोज १४ काठमाण्डौ
मदन भण्डारी फाउन्डेसन काठमाडौंको आयोजनामा धुम्बाराही काठमाण्डौमा भएको पत्रकार प्रशिक्षण साथै स्वतंत्र लेखन तालिममा टोखा नगरपालिका , बुढानिलकण्ठ नगरपालिका र तारकेश्वर नगरपालिकाका गरि ३० जना प्रशिक्षार्थी पत्रकारहरुको समुहलाई (असोज ९-११ ) तीनदिने स्वतन्त्र लेखन तालिम प्रदान गरिएको थियोे ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले पत्रकारले खोजमुलक र तथ्यपरक समाचार संकलन र प्रसारण गर्नेतर्फ पत्रकारहरुले विचार पुर्याउनु पर्ने बताएका थिए।

मदन भण्डारी फाउन्डेसनले संचालन गरेको सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकारहरु संगको अन्तरक्रियामा डा. भट्टराईले पत्रकारहरुले सम्प्रेसन गरेको सुचनाले नै आम जनमानसलाई बाटो देखाउने भएकोले सत्य र तथ्यमा आधारित रहेर जनतालाई सुसुचित गर्नुपर्ने बताएका हुन।
कार्यक्रममा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा वलीका परराष्ट्र मामिला सल्लाहकार एवं प्रेस सल्लाहकार डा.राजन भट्टराई लाई प्रशिक्षार्थी पत्रकारहरुले नेपालमा पटक पटक भइरहने दुई देशको सिमा बिवाद निराकरणका लागी सरकारको रणनीतिक दीर्घकालीन लक्ष्य सिमा सुरक्षाको बारेमा र नेपाल को पाठ्यपुस्तकमा लिम्पीयाधुरा सहितको नयाॅं नक्सा पाठ्य सामग्री बाट किन हटाईयो ? भन्ने प्रशिक्षार्थीहरुको प्रश्नमा डा . भट्टराईले प्रस्नको जबाफमा कोभिड १९ मंहामारी संक्रमणले विश्व समुदायमा परेको असरका कारण बार्ता प्रयास सहज हुन नसकिरहेको नेपाल भारत सम्बन्ध लगानी मैत्री बहुआयामीक सांस्कृतिक धार्मिक पारस्परिक समानता अन्योन्याश्रित संम्बन्ध तुलनात्मक रुपमा अझ प्रगाड हुनु पर्ने बताउनुहुदै संयुक्त राष्ट्र संघको मान्यतामा स्वतन्त्र सार्वभौमिक पारम्परिक समानता हुनु पर्छ भन्ने स्वतन्त्र मुलुकहरु शक्ती र जनसंख्या भुगोलको आधारमा मात्र छैनन् सिमा बारे सन् १८१६ मा भारतमा ब्रिटिस ईष्ट ईन्डिया कम्पनीले मार्च ४ तारीखका दिन भारत पुर्वटिष्टा र पश्चिम नेपाल काॅगडा रहेको लिखित पत्र सुगौली संन्धीको धारा ५ मा नेपालको माहाकाली नदीको पुर्व भाग नेपाल हो भनी प्रष्ट उल्लेख गरिएको र अन्य थुप्रै प्रमाण रहेको साथै चीन भारत युद्धमा भारतीय सेना आएर सो क्षेत्रमा बसि नेपालको आन्तरिक अनुकूलताका कारण समस्या परेको यथाशीघ्र बार्ताबाटै सिमा सुरक्षा सहित समाधान रहने बिस्वास लिएको बताउदै उहाँले लिम्पीयाधुरा सहितको नयाँ नक्सा पाठ्यपुस्तकमा नहटाईएको तथ्य प्रमाण अनुरुप नेपालको स्पष्ट सिमा नापजाच नगरी नक्सा को पुर्ण क्षेत्रफल अनुमानित नराख्न र जथाभावी प्रकाशित नगर्न र लिम्पीयाधुरा सहितको नयाँ नक्सा पाठ्यपुस्तकमा नहटाईएको जानकारी सहित अनुमानित तथ्यहिन् प्रकाशित पुस्तक प्रकाशनमा झुटा तथ्य नराख्न सचेत गराउन रोक लगाई यस्ता झुटा प्रचारबाजीको अर्थ नहुने जानकारी दिदै नेपाल भारत सम्बन्ध बार्ताकै माध्यमबाट समाधान गरी तथ्य प्रमाण सहित पाठ्यक्रममा सहि यथार्थ नेपालको कुल क्षेत्रफल प्रकाशित गरिने डा.राजन भट्टराईले बताएका थिए ।

वर्तमान समय सुचना प्रविधिको रहेको भन्दै डा.भट्टराईले खोजमुलक र तथ्यपरक समाचार संकलन र प्रसारण गर्न तर्फ प्रशिक्षार्थी पत्रकार हरुले विचार पुर्याउनु पर्ने धारणा राखेका थिए । केवल प्रचारात्मक र चर्चामुखी समाचारहरुलाई प्राथमिकता दिंदा पत्रकारिताको आधारभूत सिदान्त नै धुमिल बन्ने गरेको बताउदै डा .भट्टराईले समाजमा भएका सकारात्मक र प्रेरणादायी घटनाहरुको प्रवर्धन गर्नु पत्रकारहरुको दायित्व रहेको विचार प्रस्तुत गरेका थिए ।

त्यस्तै कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि सरकारले के प्रयास गरेको छ ? भन्ने प्रशिक्षार्थीहरुको प्रश्नमा डा . भट्टराईले सिमित श्रोत र जनशक्तिका बावजुद पनि सरकारले अन्य देशको तुलनामा निकै राम्रो काम गरेको भन्दै विस्वका विभिन्न अध्ययनहरुले देखाएको सूचकहरु हेर्दा नेपाल सहि दिशामा अगाडी बढेको तथ्यले देखाउने धारणा राखेका थिए।
मदन भण्डारी फाउन्डेसन काठमाण्डौंको आयोजनामा सम्पन्न भएको तीनदिने स्वतन्त्र लेखन तालिम प्रदान गरिएको कार्यक्रममा मदन भण्डारी फाउन्डेसन काठमाडौं, बाग्मती प्रदेश सरकारका माननीय सांसद मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निराैला, मदन भण्डारी फाउन्डेसन काठमाण्डौंका सचिव : पेम्बा लामा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.राजन भट्टराई ,प्रा डा.कुन्दन अर्याल, प्रा. डा. प्रेम सागर चापागाई, संस्कृतविद घनश्याम कोईराला , वरिष्ठ पत्रकार रेडियो नेपालका संन्चार कर्मी अम्मर ध्वज लामा, सुवास खतिवडा,चक्रपथ डट कमका वरिष्ठ सम्पादक यशोदा अधीकारी,रेडियो सार्दुलका वरिष्ठ पत्रकार तथा संचारकर्मी (हरी) किरण अधिकारी र प्रशिक्षणरत सौहार्दपूर्ण वातावरणमा सहयोग अनुरूप प्रशिक्षार्थी पत्रकारहरु लगायतको उपस्थिति रहेको थियोे ।
( जय न्यौपाने सुशासन र समृद्धिका लागी संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् ।)

