• TOKHA LIVE

      TOKHA LIVE

    • १३ आश्विन २०७७, मंगलवार १८:५४

    “देक्व “ टोलमा ढल र पाइप बिछ्याउँदै

    टोखा लाइभ असोज १३ काठमाडौं ।

    नगरपालिकाले टोखा नगरपालिका वडा नं -३ मा बजेट पठाएसँगै विकास निर्माणका काम पनि सुरु भएका छन् । टोखा नगरपालिका वडा नं-३ स्थित देक्व दाजुभाई टोल विकास संस्थाले सडक मर्मत , ईट्टा सोलिंग र ढल निर्माणका साथै नाग बासस्थान , महादेवको मूर्ति प्रतिस्थापन र फुटपाथ निर्माण कार्यलाई पनि प्राथमिकता दिएका छन् ।

    व्यापारी तथा समाजसेवी कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा देक्व टोल जाने बाटो नराम्रो भएकाले त्यसको मर्मत थालिएको टोखा लाइभलाई बताए । ‘हाम्रो वडा ठूलो छ । नगरपालिकाको ७ लाख सहयोग र हाम्रो तर्फ बाट ७३ हजार जुटाई विकास निर्माणका लागि प्राप्त रकमले देक्व टोलको मार्ग र टोलका ढल व्यवस्थित गर्दैर्छौं। अहिले ३० प्रतिशत काम सकिएको व्यापारी तथा समाजसेवी कृष्ण बहादुर श्रेष्ठले भने,

    यस्तै देक्व टोलमा वेवारिसे अवस्थामा रहेको झुच्चा नामको स्थानमा नागको बासस्थान रहेको छ। यो स्थानमा पनि सर सफाई गरी नाग र महादेवको मूर्ति निर्माण पनि थालिएको उनले बताए । वर्षाका कारणले पहिला काम गर्न नसकिएको उनको भनाइ छ ।

    वडा नं. ११ मा मुख्य सडकभन्दा भित्री सडकको अवस्था खराब रहेकाले मर्मत गर्न लागिएको वडाध्यक्ष हीरालाल ताण्डुकारले बताए । वर्षाका कारणले धेरै स्थानमा काम गर्न नसकिएको उनको भनाइ छ ।

    हाल “देक्व दाजुभाई टोल विकास संस्था” मा अध्यक्षमा कृष्ण बहादुर श्रेष्ठ, सचिव सेवन श्रेष्ठ, कोषाध्यक्ष अस्मिता श्रेष्ठ र सदस्यहरूमा किरण श्रेष्ठ, बुद्ध श्रेष्ठ, चक्रराज श्रेष्ठ र सुकु नारायण श्रेष्ठ रहेका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर

  • छुटाउनुभयो कि? सबै