• TOKHA LIVE

    • १२ आश्विन २०७७, सोमबार १७:२९

    इयूकी नवनियुक्त राजदूत नेपालमा, राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेस

    टोखा लाइभ ।नेपालका लागि युरोपियन युनियन (ईयू)की नवनियुक्त राजदूत तथा नेपालका लागि युरोपियन युनियनको डेलिगेशनका प्रमुख नोना डेप्रेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेकी छिन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार भएको कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी नवनियुक्त राजदूत डेप्रेले ओहदाको प्रमाणपत्र पेस गरेकी हुन् । उनले नेपालमा युरोपियन युनियनको राजदूतका रुपमा जिम्मेवारी सम्हाल्न पाउँदा आफू खुशी भएको प्रतिक्रिया दिएकी छिन् ।

    आफु नेपाललाई हेर्न–बुझ्न, नेपाली जनतालाई भेट्न र नेपाली संस्थाहरु एवं नागरिक समाज, निजी क्षेत्र, मिडिया, अन्तर्राष्ट्रिय साझेदार र सम्बद्ध सबै राजनीतिक, सामाजिक र आर्थिक सरोकारवालाहरुसँग मिलेर काम गर्न उत्साहित रहेको उनले बताएकी छिन् ।

    पाँच दशकदेखि युरोपियन युनियन नेपालको एउटा भरपर्दो विकास साझेदार र मुख्य दाताका रुपमा रहेको उनको भनाई छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै