• TOKHA LIVE

    • ११ आश्विन २०७७, आईतवार १९:२७

    अष्ट्रेलियाबाट मुक्तिनाथ रेमिटको सेवा सुभारम्भ:-

    टाेखा लाइभ असोज ११ काठमाडौं :

    मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलियाको कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेबसाईटमा लगईन गरी वा मोबाईल एप्स बाट नेपालमा रहेका कुनैपनि बैंकको खातामा रकम पठाउन सक्नेछन् ।

    कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।
    साथै मुक्तिनाथ रेमिट मार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको ४ हजारभन्दा बढी एजेन्ट मार्फत पनि प्राप्त गर्न सकिने छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै