• TOKHA LIVE

      TOKHA LIVE

    • ११ आश्विन २०७७, आईतवार १६:१९

    नेपालका बैंकहहरु : कसले रचना गरे कस्तो छ इतिहास ?

    टाेखा लाइभ असोज ११ काठमाडौं

    नेपालमा ८० वर्ष लामो बैंकिङ इतिहास छ । विश्वमा सबैभन्दा पहिला सन् १४७२ मा इटलीमा संसारकै पहिलो बैंकको स्थापना भएको थियो । बान्सा मोन्टे डीपस्सी डी सीना विश्वकै पहिलो बैंक हो । नेपालमा वि.सं. १९९४ मा पहिलो बैंकका रुपमा नेपाल बैंकको स्थापना भएको थियो । त्यसपछि निजी क्षेत्रबाट पहिलो बैंकका रुपमा नेपाल अरब बैंकको स्थापना भएको थियो । नेपाली निजी क्षेत्रको मात्र लगानीमा स्थापना भएको पहिलो बैंक भने लुम्बिनी बैंक रहेको छ । त्यससँगै नेपालमा बैंकहरुले सबैभन्दा पहिला विभिन्न आधुनिक प्रविधिहरु भित्र्याएर सेवा दिने प्रतिस्पर्धा गरिरहेका छन् ।

    बैंक सम्बन्धि विशेष महत्वपूर्ण जानकारीहरुः
    विश्वमा सबैभन्दा पहिला स्थापना भएको बैंकः–बान्सा मोन्टे डीपस्सी डी सीना
    विश्वको सबैभन्दा पुरानो केन्द्रिय बैंकः– स्वीडेनको स्भेरिगेज रिक्स बैंक
    विश्वमा सर्वप्रथम नोट छाप्ने अधिकार पाउने बैंकः– बैंक अफ इङ्ल्याण्ड
    नेपालको पहिलो बैंकः– नेपाल बैंक लिमिटेड
    नेपालको पहिलो विकास बैंकः– नेपाल औधोगिक विकास निगम
    नेपालको पहिलो ग्रामीण विकास बैंकः– पूर्वाञ्चल ग्रामीण विकास बैंक
    नेपालको केन्द्रीय बैंकः– नेपाल राष्ट्र बैंक
    नेपालको सबैभन्दा ठुलो वाणिज्य बैंकः– कृषि विकास बैंक
    स्वदेशी र विदेशी संयुक्त लगानीमा स्थापित निजी क्षेत्रको पहिलो वाणिज्य बैंकः– नेपाल अरब बैंक (नबिल)
    नेपालको पहिलो क्षेत्रिय वाणिज्य बैंकः– लुम्बिनी बैंक लिमिटेड
    नेपाली निजी लगानीकर्ताहरुको पूर्ण लगानीमा खोलिएको नेपालको पहिलो वाणिज्य बैंक:– लुम्बिनी बैंक लिमिटेड
    नेपालमा सर्वप्रथम एटिएम मेसिन र डेविट कार्ड प्रचलनमा ल्याउने बैंकः– एभरेस्ट बैंक
    नेपालमा सर्वप्रथम इन्टरनेट बैंकिङ सेवाको सुरुवात गर्ने बैंकः– कुमारी बैंक
    नेपालमा सर्वप्रथम क्रेडिट कार्ड प्रचलनमा ल्याउने बैंकः– हिमालयन बैंक
    नेपालमा सर्वप्रथम Multi currency Card प्रयोग गर्ने बैंकः– सेन्चुरी कमर्सियल बैंक
    नेपालमा सर्वप्रथम रोबर्ट प्रयोग गर्ने बैंकः– एस.बि.आई. बैंक
    नेपालमा सबैभन्दापछि स्थापना भएको वाणिज्य बैंकः– सेन्चुरी बैंक

    • – बैंक खबरबाट
    Facebook Comments

    छुटाउनुभयो कि? सबै