• TOKHA LIVE

    • ११ आश्विन २०७७, आईतवार १२:२७

    शारीरिक, नैतिक तथा आध्यात्मिक बारेमा : नयॉ पुस्तक बजारमा


    टोखा लाइभ ।सनातन धर्म संस्कृतिका ज्ञाता डा. योगेन्द्र भक्त श्रेष्ठद्दारा लिखित ” सनातन धर्म र शिवपुरी बाबाको स्वधर्म “ महत्वपूर्ण धार्मिक ज्ञान भएको पुस्तक हो , जसको धर्म संस्कार प्रति चाख राख्ने पाठकहरुको मागलाई ध्यानमा राख्दै लेखिएको पुस्तक हो।यो पुस्तकको अध्ययनले तपाईंको चेतनाको स्तर, बुझाईको स्तर थप उन्नत बनाइदिन्छ । जीवन र जगतलाई हेर्ने तपाईंको दृष्टिकोण परिवर्तन गराइदिन्छ ।

    पहिलो भागमा श्रीमद्भागवत गीता, जो पढ्नैपर्ने पूर्वीय दर्शन हो । त्यस सम्बन्धी विशेष रूपले लेखिएको छ।यसमा पाठक हरूले जीवनको सार फेला पार्नुहुनेछ । आज हामी किन दुखी छौँ ? आज हामी किन तनावग्रस्त छौँ ? आज हामी किन भ्रष्ट छौ ? आज हामी किन विचलित छौँ ? आज हामी किन विभाजित छौं ? आज हामी किन पीडामा छौ ? किनभने हामीले जीवन बुझेका छैनौ । जीवनको सत्य बुझेका छैनौ । अनुभूति गरेका छैनौ। यस्तो ै उल्झनबाट उम्कने बाटो यो पुस्तकले बताइदिन्छ ।

    यस्तै गरी दोस्रो भागमा काठमाडौंको उत्तरको शिवपुरी जंगलमा आफ्नो आश्रम बनाएर बसेका भारतका केरलामा जन्मेका गोविन्दानन्द भारती कालान्तरमा शिवपुरी बाबा भनेर प्रख्यात भए, सोही शिवपुरी बाबाको स्वधर्मको बारेमा लेखिएको छ।

    शिवपुरीबाबाले २५ बर्षको अनवरत जंगलमा कठोर साधना र ४० बर्षको विश्वभ्रमणपछिको अनुभवबाट (सात समुद्रमा गोता खाएर निकालेको सियोजस्तो) निकालेको निचोड , जुन तीन अनुशासनको पालना सहित सत्यको खोज(भगवानको ध्यान) गर्न निर्देश गरिएको शिक्षापद्धति हो – स्वधर्म ।

    यस पुस्तकमा शिवपुरी बाबाको तीन अनुशासन बारेमा चर्चा गरिएको छ। पहिलो अनुशासनले साधकको शरीर स्वास्थ्य र बुदि तीखो गराउँछ भन्ने दोस्रो अनुशासनले मन तालीम गरी पीर चिन्ता हटाउँछ। त्यस्तै तेस्रो अनुशासनले स्थायी शान्ति दिन्छ।स्वधर्ममा सत्यको खोजमा लागेका होऊन् वा जीवनलाई सुख, समृध्द, आनन्दमय बिताउन चाहने होऊन्, यो स्वधर्म पालन अनिवार्य छ । त्यसैले हरेकको लागि यो आवश्यक छ ।

    बनजंगल गएर कठोर जीवन जीउनुभन्दा प्रकृतिमाताले दिएको जीवनमा मर्यादापूर्वक सुव्यस्थित बनाएर सत्य(भगवत) दर्शन गर्नु स्वधर्मको उद्धेश्य हो । स्वधर्मले जीवनलाई नकार्दैन, बरु सही तरिकाले उपयोग गर्न सिकाउँछ, उपभोग हैन भन्ने कुरा पाठकहरूलाई दिशानिर्देश गर्छन ।

    सत्यको खोजमा लागेका होऊन् वा जीवनलाई सुख, समृध्द, आनन्दमय बिताउन चाहने होऊन्, यो स्वधर्म पालन अनिवार्य छ । तसर्थ हरेक पाठकहरूले यो पुस्तक अध्ययन गर्नु आवश्यक छ ।

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै