• TOKHA LIVE

    • ४ आश्विन २०७७, आईतवार १०:५०

    कोभिड-१९ विरुद्धको अभियानमा भक्तपुर स्काउटले ऐतिहासिक कार्यको सुरुवात गर्यो।

    नविना श्रेष्ठ
    टाेखा लाइभ ,असोज ४ काठमाडौं

    नेपाल स्काउट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र हिसानको सहकार्य एवम् युनिसेफ नेपालको सहयोगमा उपत्यकाका ३ वटै ज़िल्लाका बिभिन्न स्थानमा कोभिड-१९ को सँक्रमणबाट बच्नका लागि १५ दिने एस एम एस सचेतना अभियान गत महिना भदौ २० गते देखि सञ्चालन भएको थियो। । यस अभियानमा नेपाल स्काउट र जनस्वास्थ्य अध्ययनरत बिद्यार्थी समेत गरी १०० जना स्वयमसेवकहरु उपत्यकाका३ जिल्लालाई १३ क्लस्टर बनाई दैनिक रुपमा परिचालन हुँदै आइरहेका छन् ।

    यहि असोज २ गते स्वयमसेवकहरुसँग साथमा साथ मिलाउँदै नेपाल स्काउटका राष्ट्रिय सँयोजक श्री लोक बहादुर भण्डारी ज्यू लगायत नेपाल स्काउटको नेतृत्व समेत भक्तपुरको बिभिन्न स्थानमा खटिएको छ । सँयोजक भण्डारीले अभियानमा खटिएका स्वयँसेवकहरुलाई प्रोत्साहित गर्न र यस अभियानलाई गति प्रदान गर्न आफँु समेत स्वयँसेवकहरुसँगै फिल्डमा निस्किएको बताउनु भयो । साथै, उहाँले कोभिड १९ प्रति आम मानिसले बुझ्न सक्ने सरल भाषामा सन्देश प्रवाह गर्दै उनीहरुलाई थप सुसुचित गराउने र समाजमा कोभिड १९ बारे भ्रामक गलत सूचना प्रबाह हुन नदिने यस अभियानको मुख्य उद्देश्य रहेको कुरा उहाँले बताउनु भयो ।

    अभियानमा सहभागी नेपाल स्काउट भक्तपुरका जिल्ला आयुक्त श्री राम गोपाल कर्मचार्यले कोभिड १९ बिरुद्धको अभियानमा भक्तपुर स्काउटले ऐताहिसक कार्य गरेको बताउनुभयो ।
    १५ दिनसम्म सञ्चालन हुने अभियानको हिजो चौधौ दिनसम्म आइपुग्दा यस अभियानबाट करिब १० लाख भन्दा बढी मानिसहरु लाभान्वित भएका छन् । अभियानमा माइकिंग गरी कोभिड- १९ बाट बच्न अपनाउनु पर्ने सही सुरक्षा मापदण्ड बारे सूचना दिने, आबश्यक परेकाहरूलाइ माक्स र स्यानिटाइजर समेत बितरण गरिएको थियोे ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै