• TOKHA LIVE

    • २ आश्विन २०७७, शुक्रबार ११:३६

    सपनतिर्थ सहकारीले कोरोना सङ्क्रमित शेयर सदस्यहरुलाई पौष्टिकयुक्त खाद्यान्न घर- घरमा वितरण:-

    नविना श्रेष्ठ

    टाेखा लाइभ, असोज २ काठमाडौं

    टोखा नगरपालिका वडा नं २ स्थित रहेको सपनातिर्थ सहकारी संस्था लिमिटेडले कोरोना भाइरसबाट संक्रमित भएका आफ्ना शेयर सदस्यहरुलाई आज बिहान घर- घरमा पुगी पौष्टिक खाद्यान्न वितरण गरिएको छ।

     

    PCR टेस्ट पछि रिपोर्ट पोजेटिभ आएका शेयर सदस्यहरूलाई भाइरससँग लड्ने सक्ने प्रतिरोधात्मक शक्तिको विकास गर्न पोषणयुक्त खानेकुराको आवश्यक पर्ने भएको ले पौष्टिकयुक्त खाद्यान्न वितरण गरिएको सस्थाका अध्यक्ष विश्वराज श्रेष्ठले बताए।


    सहकारी संस्थाका अध्यक्ष सहितको टोलीले संक्रमित शेयर सदस्यहरु रहेको स्थानमा गएर शिध्र स्वास्थ्य लाभको कामना सहित उक्त खाद्य सामाग्री वितरण गरिएको सञ्चालक समितिका सदस्य हेरकाजी डंगोलले जानकारी दिनुभयो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै