नविना श्रेष्ठ
टाेखा लाइभ असोज १ काठमाडौं
नेपाल स्काउट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र हिसानको सहकार्य एवम युनिसेफ नेपालको सहयोगमा उपत्यकाका ३ वटै जिल्लाका विभिन्न स्थानमा कोभिड-१९ को संक्रमणबाट आफू बचौं र अरूलाई पनि बचाऔं भने मूल नाराका साथ १५ दिने एस एम एस सचेतना अभियान भदौ २० गते देखि सञ्चालन भइरहेको छ।
यस अभियानमा नेपाल स्काउट र जनस्वास्थ्य अध्ययन विद्यार्थी समेत गरी १०० जना स्वयमसेवकहरु उपत्यकाका ३ जिल्लालाई १३ क्लस्टर बनाई दैनिक रूपमा परिचालन हुँदै आएका छन्।

भाद्र ३१ गते स्वयम सेवकसंग नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी समेत नेपाल स्काउटको नेतृत्वमा उहाँ फिल्डमा खट्नुभएको थियोे। संयोजक भण्डारीले अभियानमा खटिएका स्वयम सेवकहरु लाई प्रोत्साहित गर्न र यस अभियानलाई गति प्रदान गर्न आफू समेत स्वयम सेवकहरुसँग फिल्डमा खटिएको बताउदै उहाँले कोरोना भाइरस कोभिड-१९ संक्रमण प्रति आम मानिसहरुले बुझ्न सक्ने सरल भाषा मा सन्देश प्रवाह गर्दै उनीहरूलाई थप सुसूचित गराउने र समाजमा कोभिड-१९ बारे भ्रामक गलत सूचना प्रवाह हुन नदिने यस अभियानको उदेश्य रहेको उहाँले बताउनु भयो।

स्वयम सेवकहरु हरेक दिन बिहान र बेलुका उपत्यकाका भिडभाड हुने ठाउँहरू कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चाबहिल, रत्नपार्क, मैतिदेखी, महाराजगन्ज, ललितपुर पाटन, लगनखेल, ग्वार्को, सातदोबादो तथा भक्तपुर र टोखा नगरपालिका लगायतका क्षेत्रमा कोभिड-१९ बाट बच्न र बचाउन जनचेतना मुलक अभियान अन्तर्गत कम्तीमा २ मीटर भौतिक दूरी कायम गर्न सिकाउने र घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा माक्स लगाउन अनुरोध गर्ने र मास्क नलगाएकालाई मास्क वितरण गर्ने , करिव २० सेकेण्ड सम्म साबुन पानीले मिचिमिची हात धुने वा स्यानिटाईजरको प्रयोग गर्ने ( एस एम एस) वारेमा जनचेतना अभिवृद्धि गर्ने अभियानमा नेपाल स्काउट लागिरहेको छन्।

अभियानमा सहभागी नेपाल स्काउटको निर्देशक राम प्रसाद भट्टराईले सहि तरिकाबाट मास्क लगाउने , साबुन पानीले मिचमिची हात धुन र एक अर्काबीच कम्तीमा २ मिटर दूरी कायम गर्नुपर्ने थाहा हुँदाहुँदै पनि आम मानिसहरुले यसलाई पालना नगरेको तथ्यलाई स्वस्पूर्त रुपमा पालना गराउने वातावरणको सिर्जना गर्नेकार्यमा यस अभियान फलदायी हुने उहाँले बताउनुभयो।

१५ दिन संचालन हुने यो अभियानको हिजो १२ दिनसम्म यस अभियानबाट करिब ८ लाख भन्दा बढी मानिसहरू लाभान्वित भएका छन्।
अभियानमा मा गरी कोभिड-१९ बाट बच्न अपनाउनु पर्ने सहि सुरक्षा मापदण्ड बारे सूचना दिने आवश्यक परेकाहरूलाई माक्स र स्यानिटाईजर समेत बितरण गरिएको थियोे ।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

