• TOKHA LIVE

    • ३० भाद्र २०७७, मंगलवार ०८:०७

    मदन भण्डारी फाउन्डेसन काठमाडौ महानगर कमिटीले असोज २ गते रक्तदान कार्यक्रम गर्ने:-

    टाेखा लाइभ ,भाद्र ३०काठमाडौं

    दिनानुदिन बढ्दै गइरहेको कोरोना कहरका कारण काठमाडौं उपत्यका सहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै मदन भण्डारी फाउन्डेसन काठमाडौँ महानगर कमिटीले यहि असोज २ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। कोरोना भाइरस संक्रमणका कारण विरामीहरुले अस्पतालहरुमा रगत नपाएर छटपटिनु पर्ने अवस्था सृजना हुन लागेको भन्दै केहि हदसम्म पूर्ति हुने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको मदन भण्डारी फाउन्डेसन महानगर कमिटीक सदस्य एवं बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बसन्त लामाले जानकारी दिएका छन ।

    कोरोना महामारीका कारण देशभर रगतको अभाव हुन थालेको छ । विषम परिस्थिति र अभावको समयमा गरिएको रक्तदानको महत्व बिशेष रहने भन्दै सबै रक्तदातालाई उल्लेख्य सहभागी भई कार्यक्रम सफल पारिदिन समेत मदन भण्डारी फाउन्डेसन काठमाडौ महानगर कमिटीले आग्रह गरेको छ ।

    मदन भण्डारी फाउन्डेसन काठमाडौँ महानगर कमिटीले
    काठमाडौँ महानगरपालिका – ६ बौद्ध स्थित कुसल पार्टी प्यालेसमा रक्तदान गर्ने कार्यक्रम रहेको छ। रक्तदान कार्यक्रम बिहान ८ बजे प्रारम्भ हुने कमिटीका अध्यक्ष टिका पराजुलीले स्वास्थ्य सुरक्षाको उचित प्रवन्धसहित यथेष्ट भौतिक दुरी कायम गरेर मात्रै रक्तदानको ब्यवस्था मिलाईने बताएका छन ।

    तपाइँको प्रतिक्रिया

    Facebook Comments

    छुटाउनुभयो कि? सबै