नविना श्रेष्ठ
टाेखा लाइभ ,भाद्र ३०काठमाडौं
राष्ट्रिय बाल दिवसको अवसरमा आज मदन भण्डारी फाउन्डेसनको आयोजनामा बालबालिकाको विकासमा कोरोना महामारीले पारेको असर विषयमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
आजको यस अन्तरक्रिया कार्यक्रममा प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा कुराकानी गर्दै बालबालिका, महिला, ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ ले कोरोना भाइरस कोभिड-१९को महामारीका कारण बालबालिकामा परेको असरलाई मध्यनजर गरी आगामी दिनहरुमा सो कार्यक्रमहरु बनाउन अझ जरुरी रहेको बताउनुभयो।

यसै कार्यक्रम मार्फत मन्त्री गुरुङले अनलाइन शिक्षाको पहुँच विश्लेषण गर्दै बालबालिकाको सिकाइ सम्बन्धी अझ कार्यक्रमहरु आउँदा दिनहरूमा आवश्यक रहेको धारणा राख्दै कोरोना भाइरस कोभिड-१९को महामारीका कारण विद्यालय शिक्षा सञ्चालन हुन नसकेको समयमा मदन भण्डारी फाउन्डेसनले बालबालिकासँग गरिएको आजको अन्तरक्रिया रचनात्मक भएको बताउनु भएको थियो।

मदन भण्डारी फाउन्डेसनका केन्द्रिय अध्यक्ष उषाकिरण भण्डरीको अध्यक्षता भएको सो कार्यक्रममा सात प्रदेशका बालबालिका शिक्षक, अभिभावक र पत्रकार,राजनीति कर्मीहरुको समेत सहभागिता रहेको थियो।
यस अन्तरक्रिया कार्यक्रममा मदन भण्डारी फाउन्डेसनकी केन्द्र अध्यक्ष उषा किरण भण्डारीले बालबालिका मनोबिज्ञान मुख्य सरोकारको विषय रहेको र बालबालिकालाई मध्यनजर गरी थप कार्यक्रम गर्ने बताएकी थिइन्।

बाल शिक्षाविद् प्राध्यापक बासुदेव काफ्ले जनस्वास्थ्यबिद डा. अरुणा उप्रेती बाल मनोविद् डा. गंगा पाठकले शिक्षक, अभिभावक र बालबालिकामा देखिएको मानसिक, शारीरिक समस्यालाई सहज वातावरण बनाउनु पर्ने, बालबालिकासँग कहिले पनि नेगेटिभ कुराहरू अभिभावकले नगर्ने जस्ता बालबालिकामा देखिएको मनोवैज्ञानिक असर हटाउन विशेष अपनाउनु पर्ने उपायहरू पनि सहभागीहरूलाई जानकारी दिनुभएको थियो।कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका सचिव पेम्बा लामा, विमला राई पौडयाल फाउन्डेसनका जिल्ला सदस्य समेतको सहभागिता रहेको थियो।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

