• TOKHA LIVE

    • २९ भाद्र २०७७, सोमबार २०:५१

    तारकेश्वरमा कोरोना संक्रमितको संख्या २८४ पुग्यो, निको हुनेको संख्या ७१, आज मात्र २४ जना थपिए


    तारकेश्वरमा पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएर मृत्यु हुनेको संख्या २ पुगेको छ ।

    टाेखा लाइभ ,भाद्र २९ काठमाडौं ।

    तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या २८४ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाकोअनुसार जसमा १३१ महिला र १५३ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ३४ महिला र ३७ पुरुष गरी ७१ जना रहेका छन् । अहिलेसम्म २ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला ९७ र पुरुष ११४ जना गरी २११ जना पुगेका छन् ।

    त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या ८ जना पुगेको छ निको हुनेको संख्या ३ जना, वडा नं. २ मा १४ जना ३ जना निको भइसकेका छन् । वडा नं. ३ मा ७ जना, वडा नं. ४ मा २४ जना जसमा ६ जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा १९ जना जसमा १४ जना निको भएका छन् ।

    वडा नं. ६ मा १७ जनामा कोारेना संक्रमण देखिएको छ । वडा नं. ७ मा आज ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । वडा नं. ८ मा २९ जना ७ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा ३३ जना र निको हुनेको संख्या ४ पुगेको छ । वडा नं. १० मा ७९ जना जसमा २३ जना निको भएका छन् ।

    वडा नं. ११ मा ४७ जना ११ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा ११ महिला र १३ पुरुषमा कोरोना पुष्टि भएको छ । तारकेश्वर नगरपालिकामा ११४६ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ । तारकेश्वर नगरपालिकामा १५४ जना होम आइसोलेसनमा बसेका छन् ।

    अस्पतालको आइसोलेसनमा ३३ जना रहेका छन् । कोभिड सेन्टरमा २२ जना रहेका छन् । होटल आइसोलेसनमा १ जना र १ जना अन्य स्थानमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट १०४ जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।–फरकपत्रबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै