
• अमृता नेपाली
काठमांडौं , टोखा लाइभ । ताप्लेजुङ मेरिङ्देन गाउँपालिका वडा न ३ खाम्लुङ बस्ने १९ बर्षिय खगेन्द्र नाल्बो यतिबेला काठमाडौस्थित सिभिल सर्भिस अस्पतालमा आर्थिक अभावको कारण अस्पतालमा नै छट्पटाइ रहनु भएको छ ।
खाम्लुङकै पृथ्वी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत नाल्बो डेढ महिनादेखि सिभिल सर्भिस अस्पतालको बेडमा उपचार खर्चको अभावले छ्ट्पटाइरहेको ब्लडक्यान्सर पीडित नाल्बोका आफन्त राजकुमार नाल्बोले जानकारी दिनु भएको छ।
मृत्युसंग संघर्ष गरिरहेका खगेन्द्रको उपचारको लागि अस्पतालले १५ लाख लाग्ने बताएको छ।घरको आर्थिक अवस्था अन्यन्तै दयनीय भएका कारण छोरालाई बचाउने सोच राखेर उपचार खर्चमा सहयोग गरिदिन बिरामीको बुबा सुखराज नाल्बोले अनुरोध गर्नु भएको छ ।उहाँले एनसीसी बैंकको खाता न १५००००००३१ म रकम जम्मा गरेर सहयोग गरिदिन सबैमा अपिल गर्दै आउनु भएको छ ।त्यस्तै क्यान्सर पीडितका दाजु खड्क नाल्बोलाइ ९८६५४५३८६१ मा सम्पर्क गरेर समेत सहयोग गर्न सकिने छ।

