• TOKHA LIVE

    • २४ भाद्र २०७७, बुधबार २०:०१

    लुम्बिनी विकास बैंकका ग्राहकलाई पीसीआर टेस्टमा छुट:-

    टाेखा लाइभ ,भाद्र २४ काठमाडौं :

    लुम्बिनी विकास बेंक र सेन्ट्रल डाईगोनेष्टिक ल्याबेरेटरीबीच सम्झौता भएको छ । बैंकका कर्मचारी एवम् निजका आश्रीत परिवार सदस्यहरु, डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ता र ऋणीहरुलाई नोबेल कोरोना भाइरस जाँचको लागी पिसीआर परीक्षण तथा सामान्य प्याथोलोजी परीक्षण सुविधाहरुमा १० प्रतिशतदेखी २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो। उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री उमेश रेग्मी ज्यू र ल्याबोरेटोरीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरेका थिए।

    बैंकले हाल कोभिड – १९ को विषम परिस्थिति अन्त्य नभइसकेको हुदा सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गर्न ग्राहकहरुमा अनुरोध गरेको छ ।
    लुम्बिनी विकास बैंक लिमिटेडले देशभरका ६८ शाखाहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट÷एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै