• TOKHA LIVE

    • २४ भाद्र २०७७, बुधबार १८:२१

    मदन भण्डारी फाउन्डेसनले संविधान दिवसको अवसरमा सप्ताह ब्यापी कार्यक्रम गर्ने:-

    टाेखा लाइभ ,भाद्र २४काठमाडौं

    मदन भण्डारी फाउन्डेसन काठमाडौंले संविधान दिवसको अवसरमा सप्ताह ब्यापी कार्यक्रम गर्ने भएको छ। मदन भण्डारी फाउन्डेसन काठमाडौं जिल्ला कमिटि सचिवालयको बैठकले संविधान दिवसको अवसरमा विचार गोष्ठी,रक्तदान,निवन्ध प्रतियोगिता र सरसफाई लगायतका कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेको छ।सो सप्ताह ब्यापी कार्यक्रममा नेपालको संबिधान र मदन भण्डारी विषयक निवन्ध लेखन प्रतियोगिता तथा मौलिक हक र जनताको बहुदलीय जनवाद विषयक विचार गोष्ठी पनि आयोजना गरिने फाउन्डेसन काठमाडौंले जानकारी दिएको छ।

    मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौलाको अध्यक्षतामा बसेको बैठकले असोज १ गते देखि ७ गते सम्म काठमाडौं जिल्लाका ११ वटै स्थानीय तह र विधुतीय माध्यम बाट विश्व भरि नै विभिन्न कार्यकम गर्ने निर्णय गरेको हो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै