•अमृता नेपाली
ताप्लेजुङ ।चीन र भारत जोड्ने नेपालकै सबैभन्दा छोटो उत्तर दक्षिण ओलाङ्चुङगोला लोकमार्गको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । कोभिड -१९ को प्रकोप विश्व भरी परिरहदा पनि फक्ताङ्लुङ गाउँपालिका वडा न ६ लेलेपको फेदिखोलाको खोचमा सडकको ट्रयाक खोल्ने काम भइरहेको उतर दक्षिण ओलाङ्चुङगोला कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा इन्जिनियर संजिब कुमार गुप्ताले जानकारी दिनु भएको छ। ठुल्ठुला चट्टानका कारण ५ किलोमिटरको ट्रयाक खोल्न भने ढिलो हुने गुप्ताले बताउनु भएको छ।चट्टानका कारण ब्लास्टिङको काम गर्न नेपाली सेनालाई निवेदन दिएको इन्जिनियर गुप्ताको भनाइ छ।
ट्रयाक खोल्न बाकी ५ किलोमिटरमा कन्चनजङ्घा संरक्षण क्षेत्रको बन क्षेत्र परेकाले ६ सय ३८ वटा रुख काट्नु पर्ने हुन्छ ।सो रुखहरु काट्नलाइ सिफारिस गरेपनि मन्त्रीपरिषदबाट कटान आदेश पारित भएर आउन ढिलो भएको गुप्ताको भनाइ रहेको छ ।
चीन र नेपालको सिमाना टिपताला भञ्ज्याङ्बाट ओलाङ्चुङगोलासम्म २३ किलोमिटर सडक ३ बर्ष पहिले स्थानीयको पहलमा र चिनलाइ जिम्मा दिएको ओलाङ्चुङगोलाबाट सदरमुकाम फुङ्लिङ आउने १० किलोमिटर सडक भने खनिसकिएको छ।यो सडक चालू आर्थिक बर्ष २०७७/७८ मा संचालन हुने फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङले जानकारी गराउनु भएको छ।
लोकमार्ग खुलेपछि ताप्लेजुङ पाचथर तेह्रथुम भोजपुर संखुवासभा लगायत पूर्वको समृद्धको लागि महत्त्वपूर्ण हुनेछ।

