टाेखा लाइभ भाद्र२३काठमाडौं :
सिद्धार्थ बैंकले नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि आर्थिक सहयोग गरेको छ । बैंकले आईतबार सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि रु पाँच लाख सहयोग प्रदान गरेको थियोे। बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ।

युवाहरुलाई सरकारसँगको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई बैंकले पुर्याएको यस सहयोगबाट केहि हदसम्म भएपनि राज्यको नीति निर्माणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

