• TOKHA LIVE

    • २२ भाद्र २०७७, सोमबार १३:४२

    असहाय ताप्लेजुङवासीलाई ५० हजारको नि :शुल्क कोरोना बिमा गरिने

    •अमृता नेपाली

    टोखा लाइभ ।विभिन्न कामको सिलसिलाको क्रममा ताप्लेजुङबाट काठमाडौ उपत्यकामा आएर बसोबास गर्ने न्यून : आय स्रोत भएका असहाय गरिब विद्यार्थीहरुको लागि संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको सहयोगमा नागरिकहरुको ५० हजार बराबरको कोरोना बिमा गरिने भएको छ।

    ताप्लेजुङबाट विभिन्न पेशा शिलशिलामा उपत्यका पुगेर ताप्लेजुङबासिको सुखदुःख र हितको लागि गठन गरिएको दुईवटा व्यवसायी सामाजिक संस्था ताप्लेजुङ समाज नेपाल र ताप्लेजुङ सरोकार केन्द्रको समन्वयमा उक्त बिमा गरिन लागेको हो।

    यी दुई वटै संस्थाको आधिकारिक प्रतिनिधिहरुले गरेको सिफारिसको आधारमा विपन्न् वर्गका सदस्यहरूको ५० हजारको निःशुल्क कोरोना बिमा गरिने छ। शुल्क तिरेर बिमा गराउन चाहानेहरुले पनि संस्थाको प्रतिनिधि पर्यटनमन्त्री भट्टराईको सचिवालयमा सम्पर्क गर्न सकिने ताप्लेजुङ् समाज नेपालका कार्यालय सचिव मिङ्मा कामी शेर्पाले जानकारी दिनु भएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै