• जय न्यौपाने

टोखा लाइभ ।टोखा नगरपालिका धापासी वडा नं ७ अध्यक्ष नरोत्तम राना ज्यु ले कोरोना जितेर चाडै आफु जनताको सेवामा फर्कने बताउनुभयो ।
अग्रमोर्चामा रहेर कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा सक्रिय रहेका रानालाई कोरोना संक्रमण देखिए संगै अहिले होम आइसोलेसनमा बसिरहनु भएको छ।

बेलुकीपख सामन्य ज्वरो बाहेक आफुलाई अन्य कुनै पनि किसिमको लक्षण नरहेको र स्वास्थ्य अवस्था ठिक रहेको बताउदै रानाले कोरोनालाई पराजित गर्न सक्ने आत्मविश्वास आफु संग रहेको अनुभव सुनाउनु भयो ।
कोरोना प्रकोपको जोखिम निकै बढेको अवस्थामा सचेतना र सजगता आवश्यक रहेको भन्दै अध्यक्ष रानाले आफु जस्ता अग्रमोर्चाका योद्धाहरु यस विरुद्ध लडन लागिरहेको वेला आफ्नो नगरवासीलाई घर भित्र बसेर सहयोग गरिदिनका लागि अनुरोध गर्नु भयो ।
“साेसियल मिडियामा अध्यक्ष रानाकाे सिघ्र स्वास्थ लाभकाे कामना ब्यक्त गर्दै ! पुन जनसेवामा फर्किएको देख्न नगरवासीहरुको आव्हान ले भरिएकाे छ ! “
कोरोना संक्रमण देखिएको सुचना पश्चात आफुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिदै अध्यक्ष रानाले स्वास्थ्य मापदण्डले तोकको समय पुरा भए पश्चात पुन मैदानमा आएर जनताको सेवामा सक्रिय रहने प्रतिवादत्ता व्यक्त गर्नुभएको छ ।


