• TOKHA LIVE

      TOKHA LIVE

    • २० भाद्र २०७७, शनिबार १७:३२

    कोरोनाका कारण बजार नपाउदा घरमै थन्कियो हाते गलैंचा

    • अमृता नेपाली

    ताप्लेजुङ भदौ १९ ।कोरोना महामारीका कारण ताप्लेजुङ जिल्ला फक्तालुङ गाउँपालिका वडा न ७ ओलाङ्चुङगोलामा बुनिएको गलैंचाहरु घरमा नै थन्किएको छ।

    कोरोना संक्रमणको महामारीले गर्दा चीन संगको नाका बन्द भएपछि गलैंचा घरमा नै थन्किएको ओलाङचुङगोलाकी डोङ्गा शेर्पाले जानकारी दिनु भएको छ।

    घरमा काम नभएको बेला शेर्पाले २५ वटा गलैंचा बिक्रीको लागि तयार पारे भए पनि बन्दका कारण घरमा नै थन्क्याएर राख्नु परेको शेर्पाको भनाइ छ।

    स्थानीय महिलाहरुको मुख्य काम भनेको नै गलैंचा बुन्नु हो।अहिले प्राय : सबै घरमा कम्तीमा १५ वटा गलैंचा बिक्रीका लागि तयारी अवस्थामा रहेको छ।माघ महिना देखि चीन र नेपालको टिपताला नाका बन्द भएपछि गलैंचा बिक्रीमा समस्या आएको हो।


    प्राय : जसो चीनमा नै बिक्री हुने गलैंचा बुन्ने कच्चापदार्थ धागो चीन बाटै ल्याइन्छ।सेतो धागो ल्याएर घरेलु झारपातको प्रयोग गरि त्यसलाई विभिन्न रङको बनाइन्छ। तान लगाएर हातले १२ देखि १५ दिनमा सकिने एउटा गलैंचा निकै आकर्षक र खप्ने भएकोले राम्रो बजार पाउन थालेको थियो।सबै काम हातले गर्नुपर्ने हुँदा लगानी धेरै हुने गरेको छ।एउटा गलैंचा १० देखि २० हजार प्रतिगोटा पर्ने शेर्पाले बताउनु भयो।

    समुद्री सतहबाट ३ हजार २ सय मिटरको उचाइमा रहेकोे यो बस्तीमा अन्नबाली उत्पादन भने हुदैन ।जिबिकोपार्जनको लागि गलैंचा पशु पालन गर्ने यहाँका बासिन्दाहरु याक, चौरी र गलैंचा बेचेर आफ्नो गुजारा चलाउने गर्दछन।चीन र नेपाल दुबै तर्फको बजार बन्द हुँदा व्यवसाय ठप्प भएको छ।


    स्थानीय तहको आयोजनाका कामहरु नै यहॉका बासिन्दाको अहिलेको आम्दानी भएको वडा नं -७ का वडा अध्यक्ष छेतेन शेर्पाले बताउनु भएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै