• TOKHA LIVE

      TOKHA LIVE

    • १६ भाद्र २०७७, मंगलवार १२:४५

    सुकेटार विमानस्थलको ५० प्रतिशत स्तरवृद्धि सकियो।

    •. अमृता नेपाली

    ताप्लेजुङ भदौ १६ ।ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थल ५० प्रतिशत स्तरवृद्धिको काम सम्पन्न भएको छ। कोरोनाको महामारीको बीच पनि विमानस्थल स्तरवृद्धि सम्बन्धि काम सम्पन्न भएको हो।

    आर्थिक बर्ष २०६७/७७ मा विमानस्थल स्तरवृद्धिको लागि १६ करोड रुपैयाँ बजेट बिनियोजन भएको थियोे ।विमानस्थल स्तरवृद्धिका लागि बोलपत्र आबहान गर्दा खड्का कृष्ण बङगलामुखी जेभी कन्ट्रक्सनले८ करोड ९९ लाख ५० हजार ३ सय ४९ रुपैयाँमा ठेक्का हात पारेको थियो।

    आयोजना प्रमुख इन्जिनियर हरि अधिकारिले गत असोज महिनाबाट विमानस्थल स्तरवृद्धिको काम सुरु गरेको बताउनु भएको छ।

    दुई वर्ष भित्र काम सम्पन्न गर्ने सम्झौता भएकोमा समय अगावै सम्पन्न गर्ने तरिकाले काम भइ रहेको इन्जिनियर अधिकारिले जानकारी दिनु भएको छ।

    उहाँका अनुसार अहिले पुर्व तर्फ रहेको विमानस्थलको डॉडालाई सम्याउने भइरहेको छ। यस्तै ग्याबिन तार ड्रेन निर्माण लगायतका काम पनि सङै भइरहेको अधिकारिले जानकारी दिनु भयो।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै