
टोखा लाइभ । कोरोना भाइरसको महाव्याधिमा अग्र भागमा रहेर काम गर्दै आएका टोखा लाइभ डटकमका पत्रकार हिक्मत डंगोल र सानुराज डंगोललाई टोखा नगरपालिका वडा नं -२ का वडा सदस्य हेरकाजी डंगोल र प्रेमकृष्ण शाहीले संयुक्त रूपले चेस खेल सामग्री प्रदान गर्नु भयो।
महामारीको उच्च जोखिममा पनि निरन्तर जनतालाई सूचना प्रवाह गरेको भन्दै टोखा नगरपालिका वडा नं-२ ले क्रियाशील पत्रकारलाई खेलले शारीरिक र मानसिक स्वास्थ्य राख्नुका साथै नियमित र परिश्रमी बनाउछ भन्ने उदे्श्यले चेस खेल सामग्री शनिवार उपलब्ध गराएको हो ।
एक औपचारिक कार्यक्रममा चेस खेल सामग्री प्रदान गर्दे वडा सदस्य हेरकाजी डंगोलले प्रतिकूल अवस्थामा ज्यानको जोखिम मोलेर भए पनि टोखा क्षेत्रमै टोखा लाइभ डटकमले जनतालाई निरन्तर सूचना प्रवाह गर्दै आएको बताउनुभयो ।
वडा सदस्य प्रेमकृष्ण शाहीले सङ्कटको बेलामा पत्रकारले आफ्नो ज्यानको बाजी लगाएर जनतालाई सूचना प्रवाह गर्दासमेत सामाजिक संस्थाले चासो नदिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

यस्तै गरी टोखा नगरपालिका वडा नं-२ ले तीनपोले टोललाई ब्याडमिन्टन खेलाडीलाई खेल सामाग्री सहयोग गरिएको छ ।उक्त टोललाई १ सेट व्याडमिन्टन र १ दर्जन कक खेल सामग्री सहयोग प्रदान गरेको वडा सदस्य प्रेमकृष्ण शाहीले बताए।

