
•अमृता नेपाली
ताप्लेजुङ भदौ १३ ।जिल्लाको एकमात्र स्नातकोत्तर पढाई हुने पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङमा सहयोगी दाताहरूको नाम उल्लेख भएको शिला स्तम्भ निर्माण गरिएको छ।
नेपाली काङ्ग्रेसका प्रदेश सदस्य प्रताप प्रकाश हाङ्गामको प्रमुख आतिथ्यमा पाथिको लोगो राखिएको शिला स्तम्भको शुक्रबार उद्घाटन गरिएको क्याम्पस प्रमुख मोहन कुमार राइले जानकारी दिनु भएको छ।क्याम्पसको भौतिक संरचना वृद्धि बिकास र संकाय थप गर्नको लागि २०७४ सालमा सन्चालन भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा ५० हजार भन्दा बढी आर्थिक रकम सहयोग गर्ने ३४ जना दानबिर र दाताहरूको नामावली शिलामा उल्लेख गरिएको क्याम्पस प्रमुख राइले बताउनु भएको छ।कुल ६ लाख १५ हजारको लागतमा शिला स्तम्भ निर्माण गरिएको हो।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रताप प्रकाश हाङ्गाम क्याम्पस ब्यबस्थापन समिति अध्यक्ष गजेन्द्र तुम्याहाङ आर्थिक रकम सहयोग गर्नु हुने दाताहरु विभिन्न पार्टीका प्रतिनिधि विद्यार्थी लगायतको उपस्थिति रहेको थियोे ।

