• TOKHA LIVE

      TOKHA LIVE

    • ८ भाद्र २०७७, सोमबार ११:४६

    नयाँ नेपाल

    देवजङ्ग शाही

    एक दिन खान हामीलाई धौ धौ पर्छ यहाँ
    तर पनि आफ्नै स्वार्थका लागि लड्छन नेताहरु
    र भन्छन् हामिले बनाउछौ नयाँ नेपाल
    शिक्षाका लागि रोइरहेकाछौ हामी यहाँ
    सिमाना मिचिएर लखेटिदैछौँ हामी
    जो नेता आएपनी यहि हो देश हालत ।।

     

    बलात्कार र भ्रष्टाचार बढेको छ देशमा

    नैतिकता र इमान्दारिता हराएको छ यहाँ
    आन्दोलन चर्काउछ्न मारमार गर्छन्
    मरे कोही सहिद बनाइ शाेक मनाउछ्न
    अझै अरु कस्तो हुनेहो नयाँ नेपाल
    जो नेता आएपनी यहि हो देशको हालत।।

    पू्र्खाहरुको सपनालाई साकार पर्नु पक्कै पर्छ
    बोलिले मात्र पुगेन है देश विकास चाहिएको छ
    सातै वटा प्रदेश मिलि एउटै हुन सक्नुपर्छ
    एउटा प्रदेशलाई चोट पर्दा सबै रुन सक्नुपर्छ ।।

    देवजङ्ग शाही
    कक्षा ९
    पशुपति मित्र मा. वि
    काठमाडौं ७ चाबहिल

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै