• TOKHA LIVE

      TOKHA LIVE

    • ७ भाद्र २०७७, आईतवार ०५:२३

    लिदी पहिरोमा ३२ को शव फेला, अछाममा अझै ११ वेपत्ता:-

    टाेखा लाइभ, भाद्र ६काठमाडौं ।

    सिन्धुपाल्चोक र अछाममा गत साता गएको पहिरोमा परी हराइरहेका मध्ये अझै १८ जना वेपत्ता छन् । जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएका मध्ये शनिबारसम्म ३२ जनाको शव फेला परिसकेको छ । शनिबार ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएको प्रहरीले जनाएको छ । यहाँ ३९ जना वेपत्ता थिए ।

    अझै वेपत्ता रहेका ७ जनाको खोजी जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय हराइरहेकाको खोजीमा जुटिरहेका छन् । उता, अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही ३ भदौमा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अझै वेपत्ता छन् ।

    बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको स्थानीय प्रहरीले जनाएको छ ।

    बाढीमा बगेका ६ जनाको भने मृत्यु भइसकेको छ । प्रहरीका अनुसार रामारोसन गाउँपालिका–५ बस्ने वर्ष ४७ का नन्दु साउद, वर्ष ४५ का गङ्गा साउद, वर्ष १७ का रुपेश साउद, वर्ष छ का प्राकृति साउद, वर्ष ५५ को जोगा साउद, वर्ष ४५ का अम्मर शाह, वर्ष ४० का पवित्रादेवी शाह, वर्ष चारका समिर शाह, वर्ष ३५ की सम्झना शाह, वर्ष ४५ का वासु साउद, वर्ष ४५ का लालसरा शाही, वर्ष आठका बसन्ती शाही वेपत्ता छन् । बेपत्ता मध्ये दुई जनाको भने नाम खुलेको छैन ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै