• TOKHA LIVE

    • ५ भाद्र २०७७, शुक्रबार ०८:२२

    तीजको शुभकामना (तीज गीत​)

    च​न्द्रा न्यौपाने
    ज​न्मः त​न​हूँ
    हालःटोखा न​ग​र​पालिका – ८, बानियाँटार​, जाल​पाचोक, काठ​माडौं टोखा न​ग​र​ स​भा स​द​स्य​।

    फेसबुकबाटै सबैलाई हार्दिक नमन !
    यसैबाट सबलाई तीजको शुभकामना !

    यस्तै भयो बाबा आमा अहिलेको यो तीज​,
    रमाउन पाइएन जमघटका बीच​।

    विश्वैभरि एकैसाथ​,यो कोरोना आइरा’छ​,
    एकैसाथ विश्वलाई नै यसले खाइरा’छ​।

    हामरो देशमा त झनझन बढ्दै आइरा’छ​,
    सबैलाई यही भाइरसको डर लाइरा’छ​।

    यही कुरालाई मनमा लिई पीर गरेर नबसौं,
    आत्मबल बढाउन हाँस्दै हँसाऔं।

    मास्क र सेनिटाइजर कत्ति पनि नछुटाऔं,
    हेलचेक्र्याइँ गरेर जीवन नलुटाऔं।

    साबुन पानी त झन छुटाउनु नै हुँदैन​,
    सफासुग्घर नभ​ई त झनै हुँदैन​।

    आफ्नाबाट सर्दैन भन्ने भ्रममा नपरौं,
    आफ्नालाई नि बोलाएर भीड नगरौं।

    भिडियो कल गर्दै गीत सुनौं सुनाऔं,
    भिडियोकलमै नाचौ रमाऔं बरिलै,

    पूजाआजा ब्रत पनि घरैमा गरौं है,
    मन्दिरको भीडभाडमा नपरौं है।

    सचेत भ​एर हामी अघि बढे’सी,
    यो भाईरस पक्कै छिट्टै ढल्छ बरिलै।

    त्यसपछि नै सबै मिली जमघट गर्दै रमाऔंला,
    हाँस्दै खेल्दै रमाउँदै अघि बढौंला।

    फेरि पनि सबैलाई गर्दै हार्दिक नमन​,
    सुस्वास्थ्य र दीर्घायुको शुभकामना !!

    आमा,बुबा, दिदी, ब​हिनी, दाजु र​ भाइलाई,
    साथी, सँगी, इष्ट​मित्र​, छिमेकीलाई।

    एकैसाथ​ स​बैलाई राखँदै म​न​मा,
    यो तीजको पुनः सबलाई शुभकमाना !!!

    यो तीजको पुनः सबलाई शुभकामना !!!
    यो तीज​को पुनः स​ब​लाई शुभ​काम​ना !!!

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै