• Avatar photo

    TOKHA LIVE

  • २०८३ कार्तिक १३, शुक्रवार

उपत्यकाका २१ स्थानीय तहमा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

 

काठमाडौं । पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यकाका तीन जिल्लाका २१ स्थानीय तहमा कार्यदल गठन गरिएको छ ।

पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक नवराज श्रेष्ठका अनुसार ऐन कार्यान्वयनका लागि दुई तहका कार्यदल गठन गरिएको हो । जिल्लास्तरमा सहसचिवको नेतृत्वमा उच्चस्तरीय कार्यदल र स्थानीय तहमा उपसचिवको नेतृत्वमा टास्कफोर्स परिचालन गरिएको छ ।

उच्चस्तरीय कार्यदलमा काठमाडौं र ललितपुरमा तीन–तीन जना तथा भक्तपुरमा दुई जना सहसचिव तोकिएका छन् । उनीहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख तथा अन्य सरोकारवालासँग समन्वय गर्नेछन् ।

त्यस्तै, स्थानीय तहमा ऐन कार्यान्वयनका लागि उपसचिवको नेतृत्वमा टास्कफोर्स गठन गरिएको छ । काठमाडौं महानगरपालिकामा एक जना उपसचिव तोकिएको छ भने अन्य स्थानीय तहमा दुईवटा पालिका हेर्ने गरी टास्कफोर्स परिचालन गरिएको छ । प्रत्येक टास्कफोर्समा एक जना उपसचिव र दुई जना पशु चिकित्सक रहने व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए ।

कार्यदलको मुख्य जिम्मेवारी ऐन कार्यान्वयनका लागि सरोकारवालासँग छलफल, समन्वय र सहजीकरण गर्नु रहेको छ । यसक्रममा स्थानीय जनप्रतिनिधि, मासु पसल सञ्चालक, बधशाला सञ्चालक, खड्गी समाज तथा मासु व्यवसायी संघसँग छलफल गरी ऐनका प्रावधानबारे जानकारी गराइनेछ ।

, ,

  • छुटाउनुभयो कि? सबै