• TOKHA LIVE

      TOKHA LIVE

    • २१ आश्विन २०८३, बुधबार १६:१०

    आदिवासी जनजाति महासंघबाट कांग्रेस सहमहामन्त्रीमा ओमबहादुर धर्ती मगरको उम्मेदवारी

    नविना श्रेष्ठ
    असोज २१, २०८३
    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर धर्ती मगरले सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्।
    आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्दै उनले पार्टीभित्र समावेशिता, समान अवसर र समुदायका सवाललाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धतासहित उम्मेदवारी दिएका हुन्।
    धर्ती मगरले आफ्नो उम्मेदवारीलाई सफल बनाउन आदिवासी जनजाति समुदाय, नेपाली कांग्रेसका अग्रज, शुभेच्छुक, सहकर्मी तथा साथीहरूसँग अमूल्य मत र साथका लागि अपिल गरेका छन्।
    उनले कांग्रेसका लोकतान्त्रिक मूल्य, आदर्श र योगदानलाई आत्मसात् गर्दै आफूलाई विजयी गराउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिसँग आग्रह गरेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै