• TOKHA LIVE

      TOKHA LIVE

    • २१ आश्विन २०८३, बुधबार १६:००

    कांग्रेसको १५औँ महाधिवेशनमा प्रदीप पौडेलद्वारा महामन्त्री पदमा पुनः उम्मेदवारी

    नविना श्रेष्ठ
    असोज २१, २०८३
    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री प्रदीप पौडेलले महामन्त्री पदमा पुनः उम्मेदवारी दर्ता गरेका छन्।
    मंगलबार राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्दै पौडेलले पार्टीलाई थप सुदृढ बनाउँदै युवा पुस्तालाई नेतृत्वमा समेटेर देश र जनताको भविष्यसँग जोडिने गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
    पौडेलले आफ्नो ज्ञान, अनुभव र जीवनका महत्वपूर्ण वर्षहरू देश तथा नेपाली कांग्रेसको हितमा समर्पित गर्दै पार्टीप्रतिको जिम्मेवारी निर्वाह गर्दै आएको बताएका छन्। अनुभवी नेताहरूको मार्गदर्शन र युवाहरूको ऊर्जा तथा क्षमतालाई जोडेर कांग्रेसलाई थप सक्षम र प्रभावकारी बनाउने उनको भनाइ छ।
    पौडेलको उम्मेदवारीसँगै राष्ट्रिय सभागृहमा समर्थक तथा शुभेच्छुक युवाहरूको उत्साह देखिएको थियो। युवाहरूले ‘१५औँ महाधिवेशनले के भन्छ, प्रदीप पौडेल ल्याऊ भन्छ’ भन्ने नारासहित आफ्नो समर्थन जनाएका थिए।
    युवाको आवाजलाई पार्टीको नेतृत्वमा बलियो रूपमा स्थापित गर्दै कांग्रेसलाई नयाँ ऊर्जा र दिशासहित अघि बढाउने लक्ष्यका साथ आफू पुनः महामन्त्री पदमा उम्मेदवार बनेको पौडेलले बताएका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै