• TOKHA LIVE

      TOKHA LIVE

    • २१ आश्विन २०८३, बुधबार १५:११

    होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने

     

    काठमाडौं । होटल संघ नेपालले आतिथ्य दिवसको अवसर पारेर आगामी जनवरी १६ र १७ अर्थात् २०८३ माघ २ र ३ गते दुईदिने ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने भएको छ ।

    नेपालको होटल तथा आतिथ्य उद्योगको अवस्था, योगदान, सम्भावना र चुनौतीबारे राष्ट्रियस्तरमा बहस गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको संघले जनाएको छ । एक्स्पोमा होटल तथा आतिथ्य क्षेत्रमा आवश्यक वस्तु तथा सेवाका उत्पादक र आपूर्तिकर्ताका स्टल राखिनेछन् ।

    एक्स्पोमा होटल उद्योगले अर्थतन्त्र, पर्यटन, रोजगारी र राजस्वमा पु¥याएको योगदानका साथै उद्योगले भोगिरहेका चुनौती र आवश्यक नीतिगत सुधारबारे छलफल गरिनेछ ।

    एक्स्पोकै अवसरमा २०२२ सालमा स्थापना भएको होटल संघ नेपालको हिरक जयन्ती समारोहको औपचारिक समापनसमेत गरिनेछ । संघले होटल तथा आतिथ्य क्षेत्रको अवस्था र सम्भावना समेटिएको ‘होटल एयर बुक २०२७’ पनि प्रकाशन गर्ने जनाएको छ ।

    आरोग्य पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाल हेरिटेज वेलनेस कुकबुक २०२७’ प्रकाशन गर्ने तयारीसमेत संघले गरेको छ । पुस्तकमा १०८ प्रकारका जैविक तथा आरोग्यमूलक परम्परागत नेपाली परिकार समेटिनेछन् । त्यस्तै, नेपाली मौलिक खाद्य पदार्थ गुन्द्रुकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवद्र्धन र ब्रान्डिङका लागि होटल तथा रेस्टुरेन्टका मेनुमा यसको प्रयोग विस्तार गर्ने कार्यक्रम पनि एक्स्पोमा अघि बढाइने संघले जनाएको छ ।

    संघका अनुसार एक्स्पोले होटल उद्योगमा लगानी, प्रविधि हस्तान्तरण, बजार विस्तार तथा सरकार र निजी क्षेत्रबीच सहकार्यका लागि अवसर सिर्जना गर्नेछ । कार्यक्रमको व्यवस्थापन तथा समन्वय इभेन्ट सोलुसन प्रालिले गर्नेछ ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै