Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
काठमाडौं । होटल संघ नेपालले आतिथ्य दिवसको अवसर पारेर आगामी जनवरी १६ र १७ अर्थात् २०८३ माघ २ र ३ गते दुईदिने ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने भएको छ ।
नेपालको होटल तथा आतिथ्य उद्योगको अवस्था, योगदान, सम्भावना र चुनौतीबारे राष्ट्रियस्तरमा बहस गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको संघले जनाएको छ । एक्स्पोमा होटल तथा आतिथ्य क्षेत्रमा आवश्यक वस्तु तथा सेवाका उत्पादक र आपूर्तिकर्ताका स्टल राखिनेछन् ।
एक्स्पोमा होटल उद्योगले अर्थतन्त्र, पर्यटन, रोजगारी र राजस्वमा पु¥याएको योगदानका साथै उद्योगले भोगिरहेका चुनौती र आवश्यक नीतिगत सुधारबारे छलफल गरिनेछ ।
एक्स्पोकै अवसरमा २०२२ सालमा स्थापना भएको होटल संघ नेपालको हिरक जयन्ती समारोहको औपचारिक समापनसमेत गरिनेछ । संघले होटल तथा आतिथ्य क्षेत्रको अवस्था र सम्भावना समेटिएको ‘होटल एयर बुक २०२७’ पनि प्रकाशन गर्ने जनाएको छ ।
आरोग्य पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाल हेरिटेज वेलनेस कुकबुक २०२७’ प्रकाशन गर्ने तयारीसमेत संघले गरेको छ । पुस्तकमा १०८ प्रकारका जैविक तथा आरोग्यमूलक परम्परागत नेपाली परिकार समेटिनेछन् । त्यस्तै, नेपाली मौलिक खाद्य पदार्थ गुन्द्रुकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवद्र्धन र ब्रान्डिङका लागि होटल तथा रेस्टुरेन्टका मेनुमा यसको प्रयोग विस्तार गर्ने कार्यक्रम पनि एक्स्पोमा अघि बढाइने संघले जनाएको छ ।
संघका अनुसार एक्स्पोले होटल उद्योगमा लगानी, प्रविधि हस्तान्तरण, बजार विस्तार तथा सरकार र निजी क्षेत्रबीच सहकार्यका लागि अवसर सिर्जना गर्नेछ । कार्यक्रमको व्यवस्थापन तथा समन्वय इभेन्ट सोलुसन प्रालिले गर्नेछ ।

