नविना श्रेष्ठ
असोज १८,२०८३
नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोह खुला मञ्चमा भव्यताका साथ सम्पन्न भएको छ। बदलिएको कांग्रेसले नेपाललाई बदल्ने क्षमता आर्जन गर्न सक्छ ,इतिहास हामीले बनाएको हो अब इतिहास बनाएर मात्रै हुँदैन नयाँ इतिहास रच्ने ताकत यो नेपाली कांग्रेसले गर्छ भनेर विश्वास लिएर जानुपर्ने छ। हाम्रो क्राइसिस आइडेन्टी हो,हाम्रो क्राइसिस प्रपर्सको हो। बीपी कोइरालाको छोरा कहाँ हुनुहुन्छ,गणेश मानको छोरा कहाँ हुनुहुन्छ मलाई थाहा छैन तर उहाँहरूको आत्मा यहाँ छ। गगन थापाले यी बहुमूल्य भनाइहरू राखेका थिए। उद्घाटन कार्यक्रम भने महामन्त्री प्रदीप पौडेलले सञ्चालन गरेको थियो।कार्यक्रममा विश्व प्रकाश शर्मा लगायतका कांग्रेसका अग्रज नेताहरू साथै रास्वपाका सभापति रवि लामिछाने र पुष्पकमल दाहाल प्रचण्ड,बाबुराम भट्टराई लगायतका जिल्ला, क्षेत्र, प्रदेश र स्थानीय बाट नेपाली कांग्रेसको सहभागिता बृहत रूपमा भएको थियो। उद्घाटन कार्यक्रम समापनपछि बन्द सत्र सुरु गरेको थियो। बन्द सत्र सुरु हुनुअघि केन्द्रीय समिति बैठक बसी गरेको थियो। हिजो उद्घाटन कार्यक्रम आज बन्द सत्र गर्दै भोलि समापन हुनेछ।

