काठमाडौं असोज ११, २०८३। टोखा स्पोर्ट्स क्लबको नवगठित नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिले क्लबको खेलकुद गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै खेलाडीको क्षमता विकास तथा प्रोत्साहनमा जोड दिने अपेक्षा गरिएको छ।
नवगठित कार्यसमितिको अध्यक्षमा विजय श्रेष्ठ, उपाध्यक्षमा दिपेन्द्र डंगोल, सचिवमा रोशन श्रेष्ठ, सहसचिवमा सरोज श्रेष्ठ, कोषाध्यक्षमा सजन श्रेष्ठ र सहकोषाध्यक्षमा कविर लवट चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा रश्मि श्रेष्ठ, रश्मि डंगोल, प्रजिना श्रेष्ठ, कुमार लवट र सञ्जय श्रेष्ठ रहेका छन्। खेलकुद संयोजकमा आदेश डंगोल र सहसंयोजकमा सनीश महर्जन भएका छन्।
नयाँ नेतृत्वसँगै टोखा स्पोर्ट्स क्लबले खेलकुदको विकास, खेलाडीहरूको प्रोत्साहन तथा सामाजिक क्षेत्रमा समेत आफ्नो भूमिका थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।


