• TOKHA LIVE

    • ३० श्रावण २०७७, शुक्रबार १०:४६

    अमेरिकामा मेईपछि एकै दिन सबैभन्दा धेरैको मृत्‍यु बुधबार; बिद्यालय खोल्न हतारिंदै ट्रम्प

    द वासिंटन पोस्ट ।पछिल्लो २४ घण्टामा अमेरिकामा मेई महिनापछि सबैभन्दा धेरै मानिसको एकै दिन मृत्‍यु भएको छ । बुधबार अमेरिकामा देशभर कोरोनाको कारण मृत्‍यु हुनेको संख्या १५ सय जना भएको जानकारी गराइयो । एकै दिन मृत्‍यु हुनेको यो संख्या मेई महिनाको मध्य पछिको सबैभन्दा धेरै हो । अमेरिकामा बिगत १७ दिनदेखि दैनिक औसत मृतकको संख्या १ हजार माथि भएको वासिङ्टन पोष्टले जनाएको छ ।

    मेई महिनाको मध्यपछि २४ घण्टा भित्र सबैभन्दा धेरै मृतकको संख्या रिपोर्ट भएकै दिन बुधबार ह्वाईट हाऊसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प भने अमेरिका भरका बिद्यालय, खोल्न ब्यापार ब्यवसाय सुचारु गर्न, देशभरका खेल मैदान खेलाडीले भर्न निकै हतारिंदै छन् । उनले भनें; “हामीले अब बिद्यालय र ब्यापार खोल्नु पर्छ” ।

    बुधबार टेक्सास राज्यमा ३ सय भन्दा धेरै मानिसको मृत्‍यु भयो भने फ्लोरिडामा २ सय भन्दा धेरैको मृत्‍यु भयो । एरिजोना क्यालिफोर्निया र जर्जियामा १ सय भन्दा धेरैको मृत्‍यु भयो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै