• TOKHA LIVE

      TOKHA LIVE

    • १० भाद्र २०८३, बुधबार १३:३४

    नबिल बैंकले ल्यायो शून्य प्रतिशत ब्याजमा आईफोन किन्न सकिने योजना

    काठमाडौं । नबिल बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्तालाई लक्षित गर्दै शून्य प्रतिशत ब्याजदरमा आईफोन खरिद गर्न सकिने ‘बाइ नाउ पे लेटर’ योजना सार्वजनिक गरेको छ।

    बैंकका अनुसार ग्राहकले एनबैंक मार्केटप्लेसमार्फत अनलाइन आवेदन दिएर आफूले रोजेको आईफोन किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्। योजनाअन्तर्गत नबिल क्रेडिट कार्ड प्रयोग गर्दा अतिरिक्त ब्याजबिनै किस्तामा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।

    योजनामा सहभागी हुन ग्राहकले एनबैंक एपमा लगइन गरी **‘एनबैंक मार्केटप्लेस’**मा रहेको ‘बाइ नाउ पे लेटर’ विकल्प छनोट गर्नुपर्नेछ। त्यसपछि मोबाइल नम्बर र खाता नम्बर प्रमाणीकरण गरी ओटीपी प्रविष्ट गर्नुपर्नेछ।

    त्यसपछि नबिल क्रेडिट कार्ड, आफूले खरिद गर्न चाहेको बिक्री केन्द्र तथा आईफोनको मोडल छनोट गरी आवश्यक विवरण भरेर पिन प्रविष्ट गरेपछि आवेदन प्रक्रिया पूरा गर्न सकिने बैंकले जनाएको छ।

    बैंकले यो योजनामार्फत आफ्ना क्रेडिट कार्ड प्रयोगकर्तालाई बिना अतिरिक्त ब्याज किस्ताबन्दीमा आईफोन खरिद गर्ने सुविधा उपलब्ध गराएको जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै