• TOKHA LIVE

      TOKHA LIVE

    • ७ भाद्र २०८३, आईतवार ०७:४४

    बुढानीलकण्ठमा होमस्टे उद्यम प्रवर्द्धनमा जोड

    MEDPA अन्तर्गत २६ जनालाई तालिम प्रमाणपत्र, १४ उद्यमीलाई सामग्री सहयोग
    काठमाडौं भदौ ७। बुढानीलकण्ठ नगरपालिकाले गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत स्थानीयस्तरमा होमस्टे उद्यम प्रवर्द्धनलाई प्राथमिकता दिएको छ।
    नगरपालिकाको नयाँ लघु उद्यमी सिर्जना कार्यक्रममार्फत होमस्टे व्यवसायलाई व्यवस्थित र दिगो बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नगर उपप्रमुख अनिता लामाको सहभागिता रहेको थियो।
    कार्यक्रममा MED मोड्युलका सम्पूर्ण चरण पूरा गरेका २६ जना सहभागीलाई होमस्टे तालिमको प्रमाणपत्र वितरण गरिएको छ। त्यस्तै, होमस्टे व्यवसाय सञ्चालन गरिरहेका १४ जना उद्यमीलाई आवश्यक सामग्री सहयोग प्रदान गरिएको छ।
    सहयोगअन्तर्गत ८ जना उद्यमीलाई एक–एक थान मेट्रेस, ५ जनालाई एक–एक थान प्लास्टिक डाइनिङ सेट तथा एक जनालाई दुई थान बेडसिट र एक थान सिरक कभर वितरण गरिएको हो।
    स्थानीय स्रोत, सीप र सम्भावनालाई उद्यमसँग जोड्दै रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा आर्थिक सशक्तीकरणमार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
    स्थानीयस्तरमा उपलब्ध स्रोत र मौलिकतालाई उपयोग गर्दै सञ्चालन हुने होमस्टे व्यवसायले स्थानीयको आम्दानी बढाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
    नगरपालिकाले तालिम र आवश्यक सामग्री सहयोगमार्फत होमस्टे व्यवसायलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै