• TOKHA LIVE

      TOKHA LIVE

    • ४ भाद्र २०८३, बिहीबार ०६:१७

    कलाकार रबिन्द्र मानन्धरको बालकथा पुस्तक ‘मन्त्रपुरकी माया’ विमोचन हुँदै

    काठमाडौं भदौ ४ । कलाकार  लेखक तथा स्रष्टा रबिन्द्र मानन्धरको बालकथा पुस्तक ‘मन्त्रपुरकी माया’ आगामी भदौ ७ गते आइतबार पाटन सङ्ग्रहालयमा विशेष कार्यक्रमबीच विमोचन हुने भएको छ।
    १५०औँ जयपृथ्वीबहादुर सिंह जन्मजयन्तीको अवसर पारेर आयोजना हुन लागेको कार्यक्रममा नेपाल बाल साहित्य समाज, सिविन तथा पाटन सङ्ग्रहालयको आयोजनामा स्रष्टा सम्मान, पुरस्कार प्रदान तथा पुस्तक विमोचन गरिने
    कार्यक्रम पाटन सङ्ग्रहालयमा दिउँसो १ बजे हुने जनाइएको छ।
    बालबालिकालाई केन्द्रमा राखेर तयार पारिएको ‘मन्त्रपुरकी माया’को आवरणमा जादुमय बोतलबाट निस्किएको रहस्यमय पात्रसँगै बालबालिकाको रोमाञ्चक संसारलाई चित्रमार्फत प्रस्तुत गरिएको छ। पुस्तकको आवरणले नै बालमनलाई कौतूहल, कल्पना र रहस्यको संसारतर्फ आकर्षित गर्ने देखिन्छ।
    मानन्धरको यो कृतिले बालबालिकामा कल्पनाशक्ति, सिर्जनशीलता र पढ्ने रुचि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। पुस्तकमा बालमनलाई मनोरञ्जनसँगै केही नयाँ कुरा सिक्ने र सोच्ने अवसर दिने उद्देश्य रहेको बताइएको छ।
    पुस्तक विमोचनको अवसरमा लेखक मानन्धरले साहित्यप्रेमी, बाल साहित्यका अनुरागी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई आफूलाई हौसला प्रदान गरिदिन आग्रह गरेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै