• TOKHA LIVE

      TOKHA LIVE

    • २७ श्रावण २०७७, मंगलवार ०९:३३

    ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता:-

    टाेखा लाइभ,श्रावण २७ काठमाडौं : ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएको छ । सोमबार सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत आफ्नो १२औं वार्षिकोत्सवको अवसर पारेर मिति २०७७ श्रावण ९ गते डा. महाविर पुनद्वारा प्रवर्द्धिधत राष्ट्रिय आविष्कार केन्द्रसँग “न्यानो नानी“ बेबी वार्मर सम्बन्धी परियोजनामा सहकार्य भएको हो ।

    ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा महावीर पुनले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता बमोजिम ज्योति विकास बैंकले १० वटा “न्यानो नानी“ बेबी वार्मर बनाउनको लागि आवश्यक रु. ८ लाख राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्नेछ।

    नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको बेबी वार्मरले देशको विभिन्न स्थानहरुमा शिशु मृत्युदर समेत न्यूनीकरण गर्न योगदान पुर्याउने हुँदा बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग उक्त सम्झौता गरेको हो।
    भने ती उपकरणहरु दुवै संस्थाहरुको संयुक्त सहकार्यमा देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई प्रदान गरिनेछ ।
    हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ

    Facebook Comments

    छुटाउनुभयो कि? सबै