
टोखा लाइभ । टोखा नगरपालिका वडा नं -२ का वडा अध्यक्ष दिपक राज जोशीले ‘ दबुँ टोल विकास समिति’ का अध्यक्ष धनकाजी डंगोल तथा खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । टोखा नगरपालिकाको वडा नं – २ ले खेलाडीहरुलाई प्रोत्साहन गर्न खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।
आइतवार एक औपचारिक कार्यक्रमका वीच टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष दिपक राज जोशी र वडा सदस्य पंचकुमारी श्रेष्ठले संयुक्त रूपमा ‘ दबुँ टोल विकास समिति ‘ लाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् । वडा कार्यालयले २ वटा फुटबल , ब्याड मिन्टन २ सेट र कक १ दर्जन गरी करिव १० हजार बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
क्लबले खेलकुदका माध्यमबाट एउटा स्वास्थ्यप्रद समाज निर्माण गर्नुका साथै खेल र खेलाडीको स्तर वृद्धि गर्दै जान सक्ने भएकाले क्लबलाई सहयोग गरिएको वडा अध्यक्ष दिपक राज जोशीले टोखा लाइभलाई बताए ।
“ खेलाडीलाई खेल सामग्री अभाव भएको बेला – बखत आवश्यकता अनुसार वर्ष भरि खेल सामग्री हस्तान्तरण गर्दे जाने र आफ्नो कार्यकालमा १० वटा ब्याड मिन्टन कोर्ट बनाउने लक्ष्य रहेको छ” । दिपक राज जोशीले भने ।


