• TOKHA LIVE

      TOKHA LIVE

    • १ असार २०८३, सोमबार १८:५५

    विद्यार्थीमा नेतृत्व विकासको जग बसाउँदै बुढानीलकण्ठ : लिडरशिप ट्रेनिङ सम्पन्न

    काठमाडौँ,१ असारः विद्यालयस्तरका विद्यार्थीहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको लिडरशिप डेभलपमेन्ट ट्रेनिङ (Leadership Development Training) कार्यक्रम भ्याली पब्लिक हाई स्कूलमा सम्पन्न भएको छ। ‘बिल्डिङ लिडरशिप, ब्रान्डिङ बुढानीलकण्ठ (Building Leadership, Branding Budhanilkantha)’ भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, जनप्रतिनिधिहरू, विभिन्न सामुदायिक तथा निजी विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै विद्यालयका स्कुल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन तथा अन्य विद्यार्थी नेताहरू तालिममा सहभागी भएका थिए। कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारीले नेतृत्व कुनै पद वा जिम्मेवारी प्राप्त गरेपछि मात्र आउने विषय नभई सानै उमेरदेखि विकसित गरिनुपर्ने गुण भएको बताउनुभयो। उहाँले विद्यालय तहका विद्यार्थीहरूलाई भविष्यका जिम्मेवार नागरिक, सक्षम नेतृत्वकर्ता तथा समाज परिवर्तनका संवाहकका रूपमा तयार गर्न यस्ता तालिम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी उपप्रमुख अनिता लामा ले नेतृत्व विकाससँगै अनुशासन, सकारात्मक सोच, नैतिकता र सामाजिक उत्तरदायित्वको भावना पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। विद्यार्थीहरूमा आत्मविश्वास, निर्णय क्षमता तथा सहकार्यको भावना विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै