• TOKHA LIVE

      TOKHA LIVE

    • २७ जेष्ठ २०८३, बुधबार १७:५७

    रोटरी क्लब अफ कपनको डिस्ट्रिक्ट गभर्नर भिजिट कार्यक्रम सम्पन्न

    काठमाडौं, जेठ २६ । रोटरी क्लब अफ कपनद्वारा आयोजित डिस्ट्रिक्ट गभर्नर भिजिट (DGV) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    नेपाल दुग्ध सङ्घको प्रधान कार्यालय, शंखमूलमा आयोजित कार्यक्रममा रोटरी डिस्ट्रिक्ट गभर्नर बिनोद कोइराला, डिस्ट्रिक्ट सचिव अनिश बज्राचार्य, आर.सी. चाँगुका चार्टर प्रेसिडेन्ट उत्तम पौडेल तथा मानार्थ सदस्य डा. बुलन्द थापा लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा सहभागी विशिष्ट अतिथि, क्लबका पूर्वअध्यक्ष, सल्लाहकार, मानार्थ सदस्य, सदस्य तथा नवप्रवेशी सदस्यप्रति धन्यवाद व्यक्त गर्दै क्लबका अध्यक्ष प्रल्हाद दाहाल ले कार्यक्रमको सफलतामा सबैको योगदान महत्वपूर्ण रहेको बताए।

    उनले डिस्ट्रिक्ट गभर्नरको भ्रमणले क्लबलाई आगामी दिनमा अझ सशक्त, सक्रिय र सेवामुखी ढंगले अघि बढ्न प्रेरणा प्रदान गरेको उल्लेख गरे। कार्यक्रममा प्राप्त मार्गदर्शन, सुझाव र सकारात्मक विचारहरू क्लबको भावी यात्राका लागि महत्वपूर्ण ऊर्जा र दिशानिर्देश बन्ने विश्वास व्यक्त गरिएको छ।

    अध्यक्ष दाहालले रोटरीको मूल भावना “सेवाभावमार्फत परिवर्तन” लाई आत्मसात गर्दै समाज रूपान्तरणको यात्रामा सबैको निरन्तर साथ, सहयोग, सद्भाव र शुभेच्छा प्राप्त हुने अपेक्षा व्यक्त गरे।

    कार्यक्रमको सफलताका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद, सम्मान तथा कृतज्ञता व्यक्त गर्दै उनले सेवाभाव, मित्रता र सहकार्यको यात्रा अझ सुदृढ बन्ने शुभकामना व्यक्त गरेका छन्।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै