काठमाडौँ, १५ वैशाखः काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा २,७४६ सवारी चालकलाई कारबाही गरेको छ।
आज बिहानसम्म विभिन्न स्थानमा गरिएको सघन जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ७९, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने २२५, रातोबत्ती उल्लङ्घन गर्ने १७५, तीव्र गतिमा चलाउने १४८, लेनक्रस गर्ने ३२४, फुटपाथमा सवारी चलाउने १४९, हर्न निषेध उल्लङ्घन गर्ने ५५, ओराल्ने–चढाउने नियम तोड्ने ५४ र अन्य कसुरमा १,५३७ जना चालकलाई कारबाही गरिएको हो।
ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यी कारबाहीबाट कुल २९ लाख ६४ हजार ५०१ रुपैयाँ राजस्व सं

