• TOKHA LIVE

    • ३ चैत्र २०८२, मंगलवार ०९:०४

    सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई जनबहाःद्य रथयात्राको निमन्त्रणा

     

    नविना श्रेष्ठ
    चैत २, २०८२
    काठमाडौँ/काठमाडौँ महानगरपालिकास्थित सेतो मछिन्द्रनाथ अर्थात् जनबहाःद्य को परम्परागत रथयात्रामा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेललाई औपचारिक निमन्त्रणा प्रदान गरिएको छ।
    चैते दशैंको अवसरमा चैत महिनामा आयोजना हुने जनबहाःद्य रथयात्राका लागि निमन्त्रणा दिन आज टोली राष्ट्रपतिको कार्यालय पुगेको थियो। टोलीमा जनबहाःद्यसँग सम्बन्धित गुठीका अगुवा निलकाजी गुर्जु, काठमाडौं महानगरका कार्यवाहक मेयर सुनिता डंगोल सहित काठमाडौँ महानगरपालिकाका प्रतिनिधि तथा विभिन्न सांस्कृतिक अभियन्ताहरू सहभागी थिए।
    काठमाडौँ उपत्यकाको प्राचीन सांस्कृतिक परम्परासँग जोडिएको सेतो मछिन्द्रनाथ (जनबहाःद्य) लाई नगरवासीको रक्षक देवताका रूपमा श्रद्धापूर्वक मान्ने गरिन्छ। किंवदन्तीअनुसार काठमाडौँका बासिन्दालाई अन्नको अभाव नहोस् भनेर सेतो मछिन्द्रनाथले रक्षा गरेको विश्वास आज पनि उत्तिकै जीवित रहेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै