• TOKHA LIVE

    • १ चैत्र २०८२, आईतवार २०:०८

    कृषकको हितका लागि टोखा ३ मा ‘ हिउँदे बिउ ’ वितरण गर्ने

     

     

    टाेखा काठमाडौँ १ चैत  । कृषकलाई समयमै बिउ उपलब्ध गराई खेतीपातीलाई थप सहज बनाउने उद्देश्यले टोखा नगरपालिका–३ ले हिउँदे बिउ विजन’ वितरण कार्यक्रम सुरु गर्ने भएको छ। स्थानीय किसानलाई खेतीमा प्रोत्साहन दिने लक्ष्यसहित वडाले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।
    वडाले जारी गरेको सूचनाअनुसार कृषक तथा वडाबासीलाई आवश्यक बिउ उपलब्ध गराउँदै उत्पादन बढाउन सहयोग गर्ने उद्देश्यले निश्चित समय र स्थान तोकी वितरण कार्यक्रम तय गरिएको छ। वडाका अनुसार बिउ वितरणले स्थानीय किसानलाई आगामी खेतीका लागि तयारी गर्न सहज हुने विश्वास गरिएको छ।
    ‘विज विजन’ लिन आउँदा आर्थिक वर्ष ०८२/८३ को सम्पत्ति कर तिरेको प्रमाण, नागरिकताको फोटोकपी र सम्पर्क नम्बर अनिवार्य रूपमा ल्याउनुपर्नेछ। साथै, प्रत्येक घरलाई एक प्याकेट मात्र उपलब्ध गराइने व्यवस्था गरिएको वडाले जनाएको छ।
    कार्यक्रमअनुसार भोलि २०८२ चैत २ गते बिहान ७ बजेदेखि ९ बजेसम्म वडा कार्यालयमै वितरण गरिनेछ भने २०८२ चैत ४ गते बिहान ७ बजेदेखि ८ः३० बजेसम्म घनेश्वर चोकमा पनि वितरण गरिने व्यवस्था गरिएको छ।
    वडाका कार्यवाहक अध्यक्ष हरिकृष्ण श्रेष्ठलेले स्थानीय कृषक तथा वडाबासीलाई तोकिएको समयमै उपस्थित भई बिउ प्राप्त गर्न अनुरोध गर्दै यस कार्यक्रमले कृषि उत्पादन बढाउन र किसानलाई राहत पुग्ने अपेक्षा व्यक्त गरेको छ।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै