• TOKHA LIVE

    • २९ माघ २०८२, बुधबार ०७:०७

    ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख साधना सम्पन्न

    काठमाडौँ, २८ माघः पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तरराष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपालमै पहिलो पटक आयोजना गरिएको ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’मा हालसम्म ५५ लाख पटक अर्चना, जप र हवन सम्पन्न भएको छ।
    वनकालीस्थित श्रीपशुपतिनाथ मन्दिर परिसरको नेपाल वेदविद्याश्रममा माघ २३ गतेदेखि सुरु भएको महायज्ञ फागुन ४ गतेसम्म सञ्चालन हुनेछ। आगम परम्परामा आधारित श्रीविद्या उपासनाको उच्चतम अनुष्ठानका रूपमा आयोजना गरिएको यस महायज्ञमा ललिता महात्रिपुरसुन्दरीको एक करोड पटक अर्चना, जप र हवन गर्ने लक्ष्य राखिएको छ।
    महायज्ञका संयोजक डा. रुद्रानन्द ब्रह्मचारीका अनुसार नेपाल राष्ट्रको शान्ति, समृद्धि र जनकल्याणको कामनासहित अनुष्ठान गरिएको हो। यस क्रममा आज भगवती मातङ्गीको लक्षार्चन हवन तथा श्रीविद्याकी अधिष्ठात्री ललिता महात्रिपुरसुन्दरीको अर्चना सम्पन्न भएको छ।
    श्री विद्यादेशिक प्रवर परमपूज्य गुरुदेव श्री महेश चैतन्य ब्रह्मचारीको सत्सङ्कल्प र निर्देशनमा सम्पन्न भइरहेको यस महायज्ञले पशुपति क्षेत्रको धार्मिक र आध्यात्मिक महत्व विश्वस्तरमा फैलाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै