• TOKHA LIVE

    • ६ माघ २०८२, सोमबार १३:३२

    निर्वाचनसम्बन्धी जानकारीका लागि ‘कल सेन्टर’ शुभारम्भ

    काठमाडौँ, ५ माघः मतदातालाई निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले निर्वाचन आयोगले आजदेखि ‘कल सेन्टर’ सेवा शुभारम्भ गरेको छ ।
    निर्वाचनसम्बन्धी कुनै जानकारी वा जिज्ञासा भएमा टोल फ्री नम्बर ११०२ मा सम्पर्क गर्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार ‘कल सेन्टर’ मा हाल छवटा डेस्क स्थापना गरिएको छ, जहाँबाट एकसाथ मतदाताका जिज्ञासाको समाधान गरिनेछ । आवश्यकताअनुसार डेस्क संख्या थप गर्न सकिने आयोगले जनाएको छ ।
    ‘कल सेन्टर’ मा गण्डकी प्रदेशबाट फोन गर्ने पहिलो सेवाग्राहीले यसअघि प्रकाशित भइसकेको लोकसेवा आयोगको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित हुन्छ कि हुँदैन भन्ने जिज्ञासा राखेका थिए । त्यसको जवाफमा अधिकारीहरूले पहिल्यै तय भइसकेका परीक्षा निर्वाचन आचारसंहिताले प्रभावित नहुने स्पष्ट पारेका थिए ।
    आयोगका अनुसार ‘कल सेन्टर’ बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी लिन वा जिज्ञासा राख्न चाहने मतदाताका लागि उम्मेदवार विजयी भई प्रमाणपत्र वितरण नहुँदासम्म यो सेवा सञ्चालनमा रहनेछ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै