• TOKHA LIVE

    • ४ माघ २०८२, शनिबार १९:१०

    काठमाडौँ महानगरपालिका वडा ३२ को प्रशासनिक भवनको शिलान्यास

    काठमाडौं, माघ ३ ।
    काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ कोटेश्वरमा निर्माण हुन लागेको वडा प्रशासकीय भवनको आज औपचारिक शिलान्यास गरिएको छ। महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले संयुक्त रूपमा शिलान्यास गर्दै स्थानीय प्रशासनलाई अझ प्रभावकारी बनाउने यात्राको थालनी गर्नुभएको हो।


    मनोहरा जग्गा एकीकरण आयोजनाअन्तर्गत करिब २८ करोड रुपैयाँ लागतमा खरिद गरिएको ४ रोपनी ३ आना १ पैसा क्षेत्रफलको जग्गामा उक्त भवन निर्माण हुनेछ। आधुनिक सुविधा सम्पन्न वडा कार्यालय निर्माणका लागि सुरुमा १७ करोड ४२ लाख रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको थियो। तर बोलपत्र प्रक्रियामार्फत प्रतिस्पर्धामा आएका निर्माण कम्पनीहरूमध्ये चौधरी भीषण एशोसियट जेभीले करिब ३२ प्रतिशत कम दरमा, ११ करोड ७९ लाख रुपैयाँमा भवन निर्माणको जिम्मा पाएको छ।
    महानगरपालिकाले निर्माण पक्षसँग २०८२ पुस २९ गते सम्झौता गरिसकेको छ। सम्झौता अनुसार भवन निर्माण कार्य २०८३ पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
    स्थानीयवासीलाई एकै स्थानबाट सहज, छरितो र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले निर्माण हुन लागेको यो प्रशासकीय भवनले वडा नं. ३२ को प्रशासनिक क्षमता मजबुत बनाउने विश्वास लिइएको छ। नयाँ भवनसँगै सेवाग्राहीको दैनिकी सरल बन्ने अपेक्षा गरिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै