• TOKHA LIVE

    • २३ पुष २०८२, बुधबार २०:३६

    समाजसेवी तथा जेएम–३० ग्रुपका अध्यक्ष शैलेन डंगोलद्वारा टाेखाका स्थानीय पत्रकारलाई सहयोग

     

    काठमाडौं, २३ पुस ।
    समाजसेवी तथा जेएम–३० ग्रुपका अध्यक्ष शैलेन डंगोलले टाेखामा क्रियाशील स्थानीय पत्रकारहरूलाई सहयोग प्रदान गर्नुभएको छ । सत्य, तथ्य र जिम्मेवार सूचना समाजसम्म पुर्‍याउँदै आएका पत्रकारहरूको हौसला बढाउने उद्देश्यले उहाँले टाेखालाईभ डट कम र जनकुरा डट कममा कार्यरत पत्रकारहरूलाई पोशाक वितरण गर्नुभएको हो।
    कार्यक्रममा डंगोलले पत्रकारहरू समाजका अभिन्न अंग भएको उल्लेख गर्दै सत्यतथ्य सूचना सम्प्रेषणमा उनीहरूको भूमिका अमूल्य रहेको बताउनुभयो । उहाँले आगामी दिनहरूमा पनि पत्रकारहरूप्रति सकारात्मक साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    सामाखुसीस्थित जनकुरा डट कमको कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एमालेका नेता कुलचन्द्र अधिकारी, नेपाली कांग्रेस टाेखा वडा नं. २ का इकाइ सभापति हेराकाजी महर्जन डंगोललगायत जेएम–३० ग्रुपका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। स्थानीय पत्रकारितालाई प्रोत्साहन गर्ने यस्ता पहलले समाजमा जिम्मेवार सूचना प्रवाहलाई थप मजबुत बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै