• TOKHA LIVE

    • १५ पुष २०८२, मंगलवार १६:५१

    सेतो मच्छिन्द्रनाथको महास्नानमा कुमारीको पावन आगमन

    नविना श्रेष्ठ
    काठमाडौं, पौष १४ ।
    उपत्यकाका चार करुणामयहरूमध्ये एक मानिने श्री सेतो मच्छिन्द्रनाथको महास्नान विधि श्रद्धा र भव्यताका साथ सम्पन्न भएको छ। पितृहरूको उद्धार गर्ने तथा सुख–शान्ति र रोगव्याधि निवारण गर्ने देवताका रूपमा पूजिने सेतो मच्छिन्द्रनाथको महास्नान हरेक वर्ष पोहेलाथ्व अष्टमी अर्थात् पौष शुक्ल अष्टमीका दिन गरिँदै आएको छ।


    काठमाडौंको केलटोलस्थित जनवहालमा विराजमान सेतो मच्छिन्द्रनाथलाई मन्दिर नजिकै रहेको न्हवं दबु (महास्नान स्थल)मा विराजमान गराई परम्पराअनुसार विविध विधिबाट पूजा–अर्चना गरी स्नान गराइन्छ।
    परम्पराअनुसार महास्नान सुरु हुनु अघि कुमारी माजुको बाजागाजासहित पावन आगमन गराइन्छ। कुमारीको आगमनपछि मात्र सेतो मच्छिन्द्रनाथको महास्नान गरिने चलन रहेको छ। यस अवसरमा भक्तजनहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
    धार्मिक आस्था, सांस्कृतिक निरन्तरता र ऐतिहासिक परम्पराको संगम बनेको सेतो मच्छिन्द्रनाथको महास्नानले उपत्यकाको धार्मिक जीवनलाई अझ जीवन्त बनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै