
टोखा लाइभ – नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७१ वर्ष पुरा भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कम्युनिष्ट पार्टी स्थापनाको दिवस पारेर शनिवार टोखा सरस्वती मा. वि -३ मा विशेष कार्यक्रम गरियो।

दिवसलाई उसले शनिवार दिउँसो भव्य रुपमा मनाउने तयारी गरेको जनाएको छ । कार्यक्रमको शुरूवातमा पुष्पलाल श्रेष्ठ, नर बहादुर कर्मचार्य लगायत अन्य ज्ञात – अज्ञात सहिद प्रति १ मिनेट मौन धारण गर्दे कार्यक्रम सन्चालन भएको थियो। कमरेड धर्म डंगोलले नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७१ औं दिवसमा आएर हामी कहॉ आएर अडकिएको छ? पार्टीलाई कहॉ सम्म बढाउने? यात्रामा हामी कहॉ छौं ? अब हामीले कुन बाटो रोज्ने ? जस्ता भावुक चिन्तन अभिव्यक्त गर्नु भयो । अन्तर्क्रिया विशेष कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता लेखनाथ न्यौपाने लगायत अन्य नेताहरुले सम्बोधन गरेको थियो ।

७१ वर्षअघि सन् १९४९ अर्थात् २००६ साल वैशाख १० गते नेपालको पहिलो कम्युनिष्ट पार्टी भारतको कलकत्तास्थित श्यामबजारमा गठन भएको थियो।पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी कम्युनिष्ट पार्टीका संस्थापक थिए। नेकपाका संस्थापक महासचिव पुष्पलाल थिए ।तत्कालीन राणा सरकारको विरोधमा जनमत निर्माण गरी देशमा सामाजिक रूपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाईमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएकै थियो।

आजभन्दा झन्डै ७१ वर्षअघि ५ जना मिलेर बनाएको नेपाल कम्युनिष्ट पार्टी अहिले नेपालको सबैभन्दा शक्तिशाली पार्टी बनेको छ र टोखाको नेताहरूले अब फुटको श्रृंखला नदोहोर्याउने प्रतिवद्धता जनाएका छन्।कार्यक्रममा भु. पु गाविस अध्यक्ष बाबुलाल डंगोल, रमेश डंगोल, गजराज श्रेष्ठ, हरिदास श्रेष्ठ र लेखनाथ न्यौपाने लगायत अन्य धेरै नेताहरूको बाक्लो उपस्थिति रहेको थियो।


