• TOKHA LIVE

    • २४ कार्तिक २०८२, आईतवार ११:१२

    बुढानीलकण्ठका नगर प्रमुखको घर तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

     

    काठमाडौं, कात्तिक २३।
    ‘जेनजी आन्दोलन’ का क्रममा बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीको घरमा तोडफोड गरेको आरोपमा दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

    प्रहरीका अनुसार पक्राउ परेकी व्यक्तिहरूमा २० वर्षीया निशा राई२२ वर्षीया आयुषा कुमाल रहेका छन्। उनीहरूलाई शनिबार बिहान बुढानीलकण्ठ–१० गैरीगाउँ क्षेत्रबाट पक्राउ गरी प्रहरी वृत्त बौद्धमा राखिएको बताइएको छ।

    प्रहरीले जनाएअनुसार, निशा राई इलामको माई नगरपालिका–८ घर भएकी हुन् भने हाल गैरीगाउँमा बसोबास गर्दै आएकी थिइन्। यस्तै, आयुषा कुमाल गुल्मीको हस्तिचौर गाउँपालिका–२ निवासी हुन्।

    ‘जेनजी आन्दोलन’ का क्रममा भएको तोडफोड घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै